Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतीय फिल्म ‘आदिपुरुष’ बिवादमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन चर्को दबाब !

भारतीय फिल्म ‘आदिपुरुष’ बिवादमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन चर्को दबाब !


काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी फ्लिम चल्न नदिने चेतावनी मेयर बालेन्द्र शाहले दिनुभएको छ । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि नसच्चिँदासम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिइने घोषणा गर्नुभएको हो ।

मेयर शाहले आदिपुरुष मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन तीन दिनको समय दिनुभएको छ । यस्तै, राप्रपा प्रवक्ता समेत रहनुभएका प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले समेत अष्ट्रेलिया उड्दैगर्दा आदिपुरुष मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याउदासम्म नेपालभर हिन्दी फिल्म प्रदर्शन गर्न नदिन सेन्सर बोर्डको ध्यानाकर्षण गराउनुभएको छ ।

आदिपुरुष चलचित्र समेत भारतीय हेपाहा प्रबृत्तिकै एउटा नमुना भएको भन्दै नेपालमा आलोचना भैरहेको छ । बालेन शाहले लिएको अडान, राष्ट्रवादको प्रसंशा गर्दै धेरैले अरु जनप्रतिनिधि, सांसद, नेता कहाँ छन भन्दै प्रश्न समेत गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6