Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाँण, रायमाझीसहित १६ जना पुर्पक्षका लागि जेल चलान !

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाँण, रायमाझीसहित १६ जना पुर्पक्षका लागि जेल चलान !


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित दुई जना बाहेकका सबैलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो ।

करिब तीन महिना लामो अनुसन्धान गरेर प्रहरीले अदालतमा पेश गरेको मुद्धामा एक साता भन्दा लामो वहस र सुनुवाईपछि यस्तो आदेश आएको हो । जिल्ला अदालतको यो आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका निलम्बित सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना नक्कली भुटानी शरणार्थी प्रकरणको संगठित ठगिमा संलग्नताको पुष्टि भएसँगै पूर्पक्षका लागि थुनामा पठाइएका छन् ।

प्रहरीले मुद्धा चलाएका मध्ये लक्ष्मी महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने टंक गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटी माग समेत आदालतले अश्वीकार गरेको छ । यो प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर मुद्धा अदालतमा पेश गरेको प्रहरीले बाँकी संलग्नता बारेको खोजीसहितको अनुसन्धान अहिले पनि गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6