Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराँगाको किमामा भेडाको गन्ध आएपछि….

राँगाको किमामा भेडाको गन्ध आएपछि….


ब्रिजेवन/अष्ट्रेलियाको ब्रिजवेनमा राँगाको मासुको किमामा भेडाको गन्ध आएको भन्दै एक रेष्टुरेन्ट व्यवसायीले विरोध गरेका छन् । ब्रिजवेनमा मम जङसन रेष्टुरेन्ट संचालन गर्ने विपिन कार्कीले सप्लायर्सले राँगाको किमामा भेडाको मासु मिसाएर दिएकाले आफुले व्यवसायमा घाटा खानु परेको गुनासो गर्नुभएको हो ।

केही दिनदेखि समाजिक संजालमा भिडियो र स्टाटस पोष्ट गर्दै कार्कीले ब्रिजवेनकै एक नेपालीले संचालन गरेको मासु पसलले पटक पटक आग्रह गर्दा पनि गल्ती नसुधारेको भन्दै बाध्य भएर समुदायमा भन्नु परेको नेपालट्युबसंग दाबी गर्नुभयो । उनले उक्त सप्लायर्सबाट ल्याएको बफ किमाको मम बनाएर बेच्दा भेडा गनाएको भन्दै आफ्नो ग्राहकले गुनासो गरेको समेत दाबी गर्नुभयो ।

उनले फेसबुकमा गत १९ अप्रिलमा उक्त बफ किमा किनेको समेत उल्लेख गर्नुभएको छ । त्यस्तै राँगाको किमा किन्दा बिफ किमाको स्टिकर टासेको समेत विपिनले भिडियोमा उल्लेख गर्नुभएको छ । बफ किमा अर्डर गर्दा बिफको स्टिकर टासेको किमा आएपछि आफुले सप्लार्यससंग कुरा गरेको विपिनले भिडियोमा दाबी गर्नुभएको छ ।

सप्लायर्सले झुक्किएर गलत स्टिकर टासिएको स्विकारे पनि त्यस्तै गल्ती दोहोरिएकाले बाध्य भएर सार्वजनिक गर्नु परेको विपिनले नेपालट्युबलाई बताउनुभयो । त्यस्तै आफुले गल्ती औलाउन थालेपछि पुर्व जानकारी नै नदिई सप्लायर्सले मासु सप्लाई नै बन्द गरेर आफ्नो व्यवसायलाई नोक्सान गरेको विपिनको दाबी छ ।

उता मासु पसल संचालकले आफुले नियतबस कुनै गल्ती नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लामो पोष्ट लेखेर आफुले ब्रिजवेनमा गुणस्तरिय मासु बिक्री गर्दै आएको दाबी गर्नुभएको छ । नाम उल्लेख नगरी, ती संचालकले आरोप लगाउने रेष्टुरेन्ट संचालकसंग भुक्तानीको विवाद दोहोरिएपछि मासु बेच्न बन्द गरेकाले सामाजिक संजालमा बेइज्जत गरेको पोष्टमा लेख्नुभएको छ ।

तर, नेपालट्युबसंग कुरा गर्दै मासु पसल संचालकले दुइ वटा सामान्य भुल भएको भने स्विकार्नु भएको छ । एउटै मेसिनमा पहिला भेडा र त्यसपछि रांगाको मासुको किमा बनाइने सुमनको भनाई छ । भेडाको किमा बनाएपछि मेसिन सफा नगरी त्यसैमा राँगाको किमा बनाउने भएकाले गन्ध आएको हुनसक्ने उनले बताउनुभयो । ‘त्यसबाट केही गन्ध आएको हुनसक्छ’- उनले भने -‘त्यस्तो हो भने हामी अब एउटा मासुको किमा बनाएपछि अर्को बनाउदा मेसिन सफा गर्न थाल्छौ ।’

त्यस्तै उनले बफको किमाको प्याकेजमा झुक्किएर बिफको स्टिकर टास्न पुगेको कुरा समेत त्रुटी भएको स्विकार्नुभयो । ‘भावी दिनमा हामी त्यस्तो समस्या आउन दिदैनौ’ ।
त्यसबाहेक मासुको गुणस्तरमा खेलबाड गरिएको तथा कम तौल बेचेको भन्ने आरोपमा कुनै सत्यता नभएको उनको भनाई छ ।त्यस्तै भिडियोमा दाबी गरिए जस्तो बोसो मिसिएको गुणस्तरहिन मासु आफुले नबेचेको समेत उनको भनाई छ ।

भयो सहमति…

यसैबिच दुइ पक्षपछि सहमति भएको छ । आईतबार दिउसो ब्रिजवेनका केही समाजिक अगुवाहरुको समन्वयमा दुई पक्षबिच यस सहमति भएको हो । दुबै पक्षले फेसबुक पोष्ट हटाउने सहमति भएको छ ।


ट्याग : #Australia, #brisbane
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6