Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaखाद्यपरिकारको विश्वव्यापी जानकारि चाहानुहुन्छ ? पत्रकार न्यौपानेको ‘फलाङ फुड डिक्सनरी’ लाभदायक हुनसक्छ

खाद्यपरिकारको विश्वव्यापी जानकारि चाहानुहुन्छ ? पत्रकार न्यौपानेको ‘फलाङ फुड डिक्सनरी’ लाभदायक हुनसक्छ


मेलबर्न। पत्रकार शिव न्यौपानेद्धारा लिखित ‘फलाङ फुड डिक्सनरी’ बजारमा आएको छ । विश्वभरीका खानेकुरा सम्बन्धि शब्दअर्थ समेटिएको ६ सय ४ पृष्ठको डिक्सनरी (शब्दकोष) गत शनिबार मेलबर्नमा सार्वजनिक गरिएको हो।

नेपाली लेखकले लेखेको खाद्यपरिकार सम्बन्धी पहिलो शब्दकोषमा क्युलिनरी आर्टसँग सम्बन्धि शब्दका अर्थहरू समावेश गरिएका छन् । १ लाख बढी शब्दहरुको संगालो रहेको शब्दकोषमा विश्वभरीका खानेकुरा सम्बन्धि शब्दअर्थ, ती खाद्य परिकारको विवरण प्रष्ट बुझ्नेगरि राखिएको लेखक न्यौपानेले नेपालट्युबलाई जानकारि दिनुभएको छ । नेपालीसँगै विश्वभरका खाद्य परिकारबारेको शब्दकोष मार्फत रेस्टुरेन्टहरूमा काम गरिरहेका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उत्प्रेरित हुने विश्वास गरिएको छ ।

विद्यार्थी जीवनमा होटल रेन्टुरेन्ट क्षेत्रमा काम गरेको अनुभव, फुड जोर्नालिजम मार्फत नेपाली खाद्य परिकारको प्रचारपसार लगायतको उद्देश्य राखेर शब्दकोष तयार पारिएको न्यौपानेले बताउनुभयो । रेस्टुरेन्टमा कार्यरत रहेको समयमा प्रधानमन्त्री अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबाट प्रशंसा पत्र प्राप्त गरेसँगै फुड जोर्नालिजम र खाद्यपरिकारको विश्वब्यापी जानकारिका लागि प्रेरित भएको बताउनुहुन्छ ।

भर्खरैमात्र बजारमा आएको ‘फलाङ फुड डिक्सनरी’ गत शनिबार राष्ट्र्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, अष्ट्रेलियामा नेपाली समुदायमाझ चर्चित व्यक्ति नेपालका महावाणिज्यदूत चन्द्र योन्जन लगायत नेपाली समूदायका अग्रजको सहभागितामा सार्वजनिक गरिएको थियो । १५ वर्षदेखी अष्ट्रेलियाको मेलबर्न क्षेत्रमा बस्दैआउनुभएका न्यौपानेको खाद्यपरिकार बारेको जानकारीमुलक ‘फलाङ फुड डिक्सनरी’ ले चौतर्फी चर्चा पाइरहेको छ । न्यौपाने २३ वर्षदेखी पत्रकारिताको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6