Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्चबाट खारेज

रास्वपा सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्चबाट खारेज


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासले लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन खारेज गरेको हो ।

युवराज सफलले लामिछाने दोस्रोपटक समेत सांसद हुन अयोग्य भएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिट प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको इजलासले दावी नपुग्ने भन्दै खारेज बताइएको छ । अमेरिकी नागरिकता त्यागेको ३ महिना नवित्दै फेरि सांसद बनेकाले पद खारेज हुनुपर्ने दावी रिटमा गरिएको थियो । रवि लामिछानेको उमेद्वारी रद्ध नगरेको र पछि सांसद पद खारेज नगरेको भनी निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको थियो ।

पहिलोपटक सांसद पद खारेज भएपछि रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिई फेरि प्रतिस्पर्धा गरेर सांसद भएका थिए । अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागेको निस्सा पेश नगरी प्रशासनबाट नागरिकता लिएको भन्दै आलोचित रवी र उनको पार्टी रास्वपालाई सर्वोच्चको यो कदमले राहत मिलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6