Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी ग्रिन कार्ड वाला बेहुला प्रहरी हिरासतमा, के हो ५० लाख बार्गेनिङ काण्ड ?

अमेरिकी ग्रिन कार्ड वाला बेहुला प्रहरी हिरासतमा, के हो ५० लाख बार्गेनिङ काण्ड ?


काठमाडौं । बिवाह मण्डपमै आफूले मागेजति (५० लाख ) दाईजो नपाए बिवाह रद्द गर्ने भन्दै बेहुली पक्षसँग झैझगडा गर्दैगर्दा पक्राउ परेका बेहुला अहिले प्रहरी हिरासतमा छन् । काठमाडौंको नक्साल स्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा दाईजोको गलफती गर्दैगर्दा पक्राउ बेहुला अनुराग रौनियारमाथी बिवाह सम्बन्धी कसूर मुद्दामा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

बिवाह खर्च वापत केटा पक्षले पटक पटक गरी २२ लाख बेहुलीका परिवारबाट लिएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं. ६ स्थाई घरभई हाल काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल बस्ने (अमेरिकाको ग्रिन कार्ड प्राप्त) वर्ष ३२ को अनुराग रौनियार बिवाह मण्डबाटै पक्राउ परेको घटनाले नेपाली समाज कसरी बिकृत बन्दैछ भन्ने तथ्यलाई समेत उदांगो पारेको छ । अमेरिकी ग्रिन कार्ड वा विदेशका सुविधासम्पन्न देशका कार्डधारीसँग बिवाह गर्ने होड र यस्ता विदेशी कार्डकै आडमा दाईजोको मोलमोलाई,बार्गेनिङ चल्नु समाजकै लागि दुखःद पक्ष भएको समाजशास्त्री निर्मला ढकाल बताउनुहुन्छ ।

यस्तो थियो घटना
असार १२ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा बिवाह हुँदै गर्दा बेहुला पक्षले आफुहरुले मागेजती दाईजो नपाएको भनि बिवाह रद्द गर्ने निर्णय गरेको विषयलाई लिई दुई पक्ष विच बिवाद भएपछि प्रहरीमा यसबारेको सुचना पुगेको थियो । प्रहरी अधिकृत सहितको प्रहरी टोली बिवाह मण्डपमा पुग्दा एक युबतीसंग काठमाडौं नक्साल स्थित लिसरा रिसेप्सन पाटीप्यालेसमा बिवाह हुने क्रममा बेहुला पक्षले बिवाहमा आफुहरुले मागेजति बमोजिम दाईजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि विवाद गरी ५० लाख दाईजो नपाए बिवाह रद्द गर्ने अडान लिई मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात गरेको पाइएको थियो । लगत्तै प्रहरी वृत्त मालीगाउँको टोलीले बेहुलालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको केन्द्रीय प्रहरी प्रवक्ता कुँबेर कडायतले जानकारि दिनुभयो ।

यस्तो छ कानुनी कारवाहीको व्यवस्था :
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ मा रहेको बिवाह सम्बन्धी कसुर अन्तर्गत प्रहरीले कानुनी कारबाही अघि बढाउने छ । अपराध संहिताको दफा १७४ को उपदफा १ देखी ४ सम्म दाईजो सम्बन्धी कसुरको सजायबारे उल्लेख छ । बिवाहपूर्व दाईजोसम्बन्धी चल अचल सम्पत्ति नगद लिएको पाइएमा तीन वर्ष कैद तीस हजार जरिवाना वा दुबै सजाई हुनसक्ने कानुनी व्यवस्था छ । यस्तै बिवाह पश्चात समेत दाईजोको नाममा चलअचल सम्पत्ति माग गर्न वा लिन कानुनले बन्देज गरेको छ । यदी यस्तो कसुर भएमा पाँच वर्षसम्म कैद, ५० हजार जरिवाना वा दुबै सजाय हुने उल्लेख छ । अमेरिकी ग्रिनकार्डको फाईदा उठाउँदै दाइजोको बार्गेनिङ गर्ने अनि विवाह पूर्व समेत पैसा लिएका कारण पक्राउ रौनियार पाँच वर्षसम्म जेल जानसक्ने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6