Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब लण्डन, फ्र्यांकफर्ट र पेरिसबाट नेपालमा सिधा हवाई सेवा !

अब लण्डन, फ्र्यांकफर्ट र पेरिसबाट नेपालमा सिधा हवाई सेवा !


काठमाडौं । लन्डनबाट चाँडै हवाई सेवा सुरु गर्न लागेको हिमालयन जेट एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीलगायतका देशबाट नेपालमा सिधा उडान गर्ने भएको छ । लामो दुरीमा बिना कुनै ट्रान्जिट उडान गर्ने गरी खुलेको हिमालय जेट एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट सिधा नेपालमा उडान भर्ने तयारी भएको  कम्पनीले जानकारी दिएको हो ।

हिमालय जेटले १८ थान वाइड बडी जहाजबाट संसारका विभिन्न रुटमा सिधा उडान गर्नेगरि तयारी अन्तिम चरणमा पुर्याएको छ । स्टार्टअप कम्पनीका रुपमा हालसालै सुरु भएको उक्त एयरलाइन्समा नेपाली दीपेन्द्र गुरुङ सञ्चालक भएकाले पनि नेपाली गन्तव्य प्राथमिकतामा परेका छन । गुरुङले नेपालको पर्यटन प्रवर्द्धनमा हिमालय जेटको सिधा उडानबाट योगदान दिईने जानकारी दिनुभयो ।

एयरलाइन्सले ५५ क्याप्टेन र ५५ कोपाइलटका लागि दर्खास्त समेत आह्वान गरेको छ। उडान विस्तारसंगै कम्पनीले थप २ हजार ५०० कर्मचारी भर्ना गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6