Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको तरंग : काठमाडौंका मेयर बालेन्द्र भन्छन, ‘सबैजना मरेका लाश !’

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको तरंग : काठमाडौंका मेयर बालेन्द्र भन्छन, ‘सबैजना मरेका लाश !’


काठमाडौं । बिहिबार काठमाडौं महानगरपालिकाका हक्की मेयर बालेन्द्र शाहले एउटा फेसबुक स्ट्याटस लेखे । उनले फेसबुकमा लेखेका छन्, हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?

मेयर बालेन्द्रको अभिव्यक्ति प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले केही दिनअघि सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको, नेपालका नेता, सांसद भेट्न दौडधुप गरेको भन्दै दिएको अभिव्यक्तिपछि उत्पन्न परिस्थितिको जवाफ थियो । प्रधानमन्त्री प्रचण्डको यहि भनाईलाई लक्षित गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा नआएसम्म सदन चल्न नदिने अडानसहित प्रतिनिधि सभा बैठकमै अवरोध गरिरहेको छ । एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिदै नेपालीको स्वाभिमान गिरेको दाबी गर्नुभएको छ ।

यता, एमालेको अडानमा पूर्व सञ्चारकर्मी रवी लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले समेत साथ दिएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वजनिक मञ्च र सदनमा बढेको सत्ता प्रतिपक्षीको द्धन्द्धले एकअर्का विरुद्धको कटु आलोचना र पोलापोलको अवस्था नै सिर्जना गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु एमालेको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको टिप्पणी गर्नुभएको छ । विज्ञप्तीमार्फत नै एमालेलाई मध्यरातमा ‘रअ’ प्रमुखसँग भेटदेखि संसद् विघटनको तथ्य जनताले बुझिसकेका छन् भन्दै सचेत गराउन खोजिएको छ । राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा आह्वान समेत गरेका छन् गरेका माओवादी अध्यक्ष एवंम प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको फाईल खोल्दा अत्तालिएकाहरुले गलत आशयसहित भनाईलाई अतिरञ्जित गर्न खोजेको दाबी गर्नुभएको छ ।

यता, सत्ता साझेदार दल नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महशुस गरेको जिकिर गरेको छ । प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेका कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको दाबी कांग्रेस महामन्त्री गगन थापाले गर्नुभएको छ । सत्तारुढ दलबीच प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने निष्कर्षमा पुगेका कारण गठबन्धनमा भने खटपटको अवस्था देखिएको छैन ।

प्रधानमन्त्री प्रचडले पदिय हैसियतका हिसाबले ठिक नहुनसक्छ । आलोचना र बिरोधलाई धेरैले स्वभाविक मान्दैगर्दा यो अभिव्यक्तिले हाम्रो राजनीतिक संस्कारलाई भने थप उदांगो पारेको छ । विगतमा समेत प्रधानमन्त्री भएको समयमा डा. बाबुराम भट्टराईले सरकारको चाबी हामीसँगै नरहेको अभिव्यक्ति दिएर नेपाली राजनीतिलाई तरंगित गराएको विगतलाई समेत स्मरण गराइएको छ । नेपालमा हुने राजनीतिक परिवर्तन, सरकार फेरबदलका खेल चल्दा भारतीय उच्च राजनीतिक नेतृत्व नेपाल आउने, नेपाली नेताहरुले नै भरपर्दो साथ खोज्ने प्रचलन फेर्नुपर्ने कोणबाट बहस सुरु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6