Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsदृष्टीबिहिन बालबालिकालाई ब्रिजवेनमा उठ्यो -आठ हजार डलर । चन्दा उठाउदा ध्यान नपुगेको गुनासो ।

दृष्टीबिहिन बालबालिकालाई ब्रिजवेनमा उठ्यो -आठ हजार डलर । चन्दा उठाउदा ध्यान नपुगेको गुनासो ।


सरल गुरुङ/ब्रिजवेन

सिन्धुपाल्चोकका दृष्टीबिहिन बालबालिकाको पठनपाठनका लागि थालिएको “सपोर्ट फर सेल्टर”का लागि व्रिजवेनका नेपाली समाजले मात्रै ८ हजार डलर दिने भएको छ ।
गत जुलाई ४ तारिखमा व्रिजवेनमा ब्लाक आइ क्रियसनले सहयोग रकम संकलनका लागि रात्रीभोजको आयोजना गरेको थियो । महानायक राजेश हमाल स्वयम् उपस्थित भएको कार्यक्रमबाट मात्रै खर्च कटाएर ८ हजार डलर सहयोग संकलन भएको आयोजकले जनाएको छ । एटएट फोर एट मोमो रेष्टुरेन्ट ब्रिजवेनले समेत आफ्नो एक दिनको कमाइको १० प्रतिशत फाइदा यस अभियानलाई दिने भएको छ ।
सहयोग रकम केही दिनमै अष्ट्रेलियाको मुख्य आयोजक मार्फत राजेश हमालको अभियानलाई दिने आयोजक ब्याक आइ क्रियसनका प्रमुख राजु कानले जानकारी दिए ।

रात्रीभोजमा २ सय २० जना सहभागी भएका थिए । ३५ डलर टिकट रहेको रात्री भोज कार्यक्रममा महानायक हमालसंगै हास्यकवी शैलेन्द्र सिंखडा, दृष्टीबिहिन गायिका मेनुका पौडेल र गायिका एन्जिला रेग्मी सहगागी थिए ।
कार्यक्रममा राजेश हमालसंग व्रिजवेनका पत्रकार डाक्टर भरतराज पौडेलले स्टेजमै अन्तरंग कुराकानी गरेका थिए । त्यस्तै हास्यकवी सिंखडाले समसामयिक विषयमा व्यङ्ग्य गरेका थिए ।

चन्दा उठाउन ध्यान नपु¥याएको गुनासो

दृष्टीविहिन बालबालिकाको पठनपाठन जस्तो पवित्र कामका लागि सहयोग उठाउन गरिएको कार्यक्रमको धेरैले प्रंशसा गरेका छन् । खासै समाज सेवामा नदेखिने महानायक हमाल नै अग्र स्थानमा रहेको अभियानमा अष्ट्रेलियाको नेपाली समाजले खुलेर सहयोग गरिरहेका छन् । तर, यसको बावजुत पनि व्रिजवेनमा भएको च्यारिटी रात्रीभोजमा भने स्थानिय आयोजकले चन्दा उठाउदा करकापमा पारेको भनेर केही सहभागीहरुले गुनासो गरेका छन् ।

च्यारिटीका लागि ३५ डलरको टिकट काटेर हलमा पुगेका सहभागीहरुसंग टेबल टेबलमै गएर पुन चन्दा मागिएपछि गुनासो बढेको हो ।
कार्यक्रमको अन्त्यतिर उद्घोषक र महानायक टेबल टेबलमै पुगेर सहभागीकोे व्यक्तिगत विवरण भन्दै चन्दा दिन दबाव दिइएको एक जना सहभागीले बताए ।
‘अष्ट्रेलियामा बस्छ भन्दैमा सबैसंग पैसा हुन्छ भन्ने हुदैन’- ती सहभागीले भने -‘सबैको अगाडी त्यसरी पैसा मागिदा छैन भन्न पनि अप्ठ्यारो हुदो रहेछ’ ।
व्यापार व्यवसाय गर्नेहरुलाई पैसा बढाबड गरेर चन्दा माग्दा पनि दिन सक्लान् ? तर मोटो रकम तिरेर पढिरहेका विद्यार्थीहरुलाई समेत करकापमा पारेर चन्दा उठाउन नहुने अर्का सहभागीको भनाई छ ।
‘म परिवारसहित टिकट काटेर रात्रीभोजमा गएको थिए’- एक सहभागी विद्यार्थीले भने- ‘खाना खाएपछि राजेश हमाल स्वयम् टेबलमा आएर पैसा माग्न थालेपछि के गरु गरु भयो, अनि मैले १ सय १० डलर सहयोग गरे’ ।

आयोजकको यो कामबाट विद्यार्थी र सामान्य मजदुरी गर्नेहरु मात्रै होइन स्वयम् व्यवसायीहरु समेत खुसी छैनन् । सार्वजनिक स्थलमा चन्दाको बार्गेनिङ हुदा व्यवसायीबिच नै नराकारात्मक प्रतिष्प्रधा हुने सक्ने सहभागी एक व्यवसायीले बताए ।
राम्रो उदेश्यका साथ गरिएको कार्यक्रममा भुलवस गल्ती भएको भए आगामी दिनमा सुधार्दै जाने स्थानिय आयोजक ब्याल्क आई क्रियसनले जनाएको छ ।
‘चन्दा दिने हाइप बनाउनका लागि उद्घोषकले व्यक्तिगत विवरणहरु भनेको हो’- आयोजक कानले भने -‘धेरैलाई नराम्रो लागेको हो भने आगामी दिनमा सुधार्दै जानेछौ’।

उता अष्ट्रेलियाभरी यो च्यारिटी गर्ने जिम्मा पाएको तास इभन्ट इन्कर्पोरेसनले टेबल टेबलमा महानायक गएर पैसा उठाउनु सहि नभएको भन्दै स्थानिय आयोजकलाई सचेत गराएको छ । सहभागीहरुको गुनासो बढेपछि इन्कर्पोरेसनले करकापमा चन्दा उठाइएको हो भने त्यस्ता सहभागीहरुको पैसा फिर्ता गर्न सुझाव दिएको छ ।
अष्ट्रेलियाको अरु शहरमा हुने च्यारिटी डिनरमा टेबलमा खाली भौचर राख्ने र सहभागीले आफ्नो इच्छाले सहयोग रकम भर्न सक्ने व्यवस्था गर्ने इन्कार्पोरेसनका प्रमुख छत्र थापाले जानकारी दिए ।
दृष्टीबिहिन बालबालिकाका लागि यसअघि तास्मानिया र गोलकोष्टमा च्यारिटी डिनर आयोजना भइसकेको छ । त्यस्तै जुलाई ८ मा टोअम्बा, जुलाई १२ मा सिड्नी, १३ मा एडिलेड र १४ जुलाईमा मेलर्वनमा पनि च्यारिटी डिनर हुदैछ ।

ब्रिजवेनको च्यारिटी डिनरमा सहभागी नायक राजेश हमाल । साथमा पत्रकार डा भरतराज पौडेल । तस्बिर -सरल गुरुङ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6