Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा आईटी तालिम दिने ‘डेण्टेड कोड’ लाई ‘लोकल बिजनेस अवार्डस् २०२३ ’

सिड्नीमा आईटी तालिम दिने ‘डेण्टेड कोड’ लाई ‘लोकल बिजनेस अवार्डस् २०२३ ’


सिड्नी । नेपाली युवाले अष्ट्रेलियाको सिड्नीमा संचालन गरेको आईटी तालिम दिने संस्था ‘डेण्टेड कोड’ अष्ट्रेलियामै उत्कृष्ठ संस्थाका रुपमा ठहरिएको छ। सिड्नीको सेन्टजर्ज क्षेत्रको ‘लोकल बिजनेस अवार्डस्’को सन् २०२३ को संस्करणमा डेण्टेड कोडलाई उत्कृष्ठ शैक्षिक सेवा दिने संस्थाको रूपमा सम्मान गरिएको हो ।

डेण्टेड कोडका तर्फबाट प्रमुख कार्यकारी प्रेम आचार्यले अवार्ड लिंदै आफूहरूले गरेको अथक परिश्रम र योगदानको समाज समुदायले गरेको सराहनाको रूपमा अवार्डलाई लिइएको बताउनुभयो । समुदायलाई अझै धेरै गर्न बाँकी रहेको भन्दै अष्ट्रेलियामा धेरै माग रहेको सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको भूमिकाका लागी थप जनशक्ति तयार पार्न आफूहरू लागि पर्ने समेत उहाँले बताउनुभयो ।

सन् २०३० सम्ममा अष्ट्रेलियाको नेपाली समुदायलाई आप्रवासीहरू मध्ये आईटीमा सबैभन्दा अग्रणी बनाउन डेण्टेड कोड क्रियाशिल रहेको आचार्यले बताउनुभयो । डेण्टेड कोडका बिजनेस डेभेलोपर म्यानेजर मदनमणि अधिकारीले अष्ट्रेलियाको व्यवसायिक क्षेत्रबाट सम्मान पाउनुले डेण्टेड कोडले संचालन गरेको व्यवसायिक सीपमुलक तालिमको सफलतालाई प्रमाणित गरेको दाबी गर्नुभयो । अधिकारीले डेण्टेड कोडले नेपाली मात्र नभएर विश्वका अरू देशबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि तालिमसँगै अष्ट्रेलियाको आईटी क्षेत्रमा जागिर र करिअर बनाउन सहयोग गरिरहेको जानकारी दिनुभयो ।

सिड्नीको रकडेलमा संचालनमा रहेको ‘डेण्टेड कोड’ले नेपाली लगायत अन्य देशका विद्यार्थीहरुलाई अष्ट्रेलियाको आईटी क्षेत्रमा रोजगारीका लागी आवश्यक सीप सिकाउने साथै जागिर लगाउन सहयोग गर्दैआएको छ । अष्ट्रेलियामा आईटीमा सफ्टवेयर तथा प्रोग्रामिङको क्षेत्रमा ठूलो जनशक्तिको माग छ। ‘पीआर र करिअर दुवैको हिसाबले प्रोग्रामिङ पढ्ने र यो क्षेत्रमा जागिर गर्नेहरूलाई अत्यन्त राम्रो अवसर छ यो संस्थाले दिदैआएको छ ।

अष्ट्रेलियाको स्किल कमिशनको प्रक्षेपण अनुसार सन् २०२६ सम्ममा अष्ट्रेलियालाई ४२ हजार भन्दा धेरै सफ्टवेयर ईंजिनियर तथा प्रोग्रामरको आवश्यकता पर्दछ। अष्ट्रेलियामा रोजगारदाताले नै ‘स्पोन्सर’ गरेर पीआर पाउनेमा सफ्टवेयर ईंजिनियर तथा प्रोग्रामर पहिलो नम्बरमा छन्। आईटीको क्षेत्रमा दिगो र भरपर्दो करिअर बन्ने भएकाले आईटी पढ्ने नेपाली विद्यार्थीको संख्या समेत बढिरहेको छ। डेण्टेड कोडले अष्ट्रेलियाको सिड्नी, क्यानबेराका साथै नेपालमा काठमाण्डौंबाट पनि आईटी तालिम तथा करिअर विकासमा सहयोग पुरयाउँदै आएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6