Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा झै–झगडा र कुटपीटमा नेपाली युवा : भिषा नै रद्ध हुनसक्छ है, सचेत बनौँ !

अष्ट्रेलियामा झै–झगडा र कुटपीटमा नेपाली युवा : भिषा नै रद्ध हुनसक्छ है, सचेत बनौँ !


सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली युवाहरु बीच झै—झगडा र कुटपीटका घटना बढेसँगै भिषा रद्दको जोखिम उच्च बन्न थालेको छ । हप्तामै २–३ वटा झैझगडा र कुटपिटका घटना प्रहरीमा पुगेको जानकारि गराउँदै सिड्नीका कानुन व्यवसायी शम्सेरसिंह थापाले साथीभाई वा कोही कसैमाथी कुटपिट गरेर भिषा रद्ध हुने जोखिम नमोल्न सुझाब दिनुभएको हो ।

भर्खर प्लस टु सकाएर नेपालबाट उच्च शिक्षाका लागि भन्दै अष्ट्रेलिया आएका युवाहरुलाई नेपाली समाज जस्तो सोचेर शरिरका कुनै पनि अंगमा छुने, झैझगडा वा कुटपिटमा संलग्न नहुन आग्रह गर्नुभएका कानुन व्यवसायी थापा प्रहरीले चार्ज लगाउनेवित्तिकै भिसा क्यान्सिलको जाखिम सुरु हुने बताउनुहुन्छ । अष्ट्रेलियामा व्यक्तिको चालचलनलाई मुख्य मान्ने भएकाले गालीगलौँजमा उत्रिएपनि हातले छुने, कुटपिट गर्ने कार्य कानुनी रुपमा ठूलो कसुर मानिन्छ । कानुन व्यवसायी थापा न्यू साउथ वेल्सको हकमा २ वर्ष जेल सजाय, ५ हजार ५ सय जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको बताउनुहुन्छ । शारिरिक रुपमा असर पुर्याउने, ज्यानमार्ने उद्देश्यको कुटपिट लगायतका विभिन्न कसुर हेरेर सजायको मात्रा बढ्न सक्ने कानुनी व्यवस्था गरिएको छ ।

अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत शारीरिक क्षती हुनेगरि गरिने कुटपिटलाई गम्भिर कसुरका रुपका कारबाही अघि ढ्ने र यसैका कारण धेरैको भिषा रद्ध हुने गरेको छ । साथीभाईबीचको झैझगडा वा स्थानीय समूदायलाई असर गर्नेगरि भएका झैझगडा जो कसैले प्रहरीमा शारीरिक आक्रमणका घटनाका रुपमा गुनासो पुर्याएसँगै कारबाहीको दायरमा आउने भएकाले ठूलो स्वरले बोल्ने गाली गलौँज गरेपनि हात हाल्नेगरि झैझगडा नगर्न कानुन व्यवसायीहरुले नेपाली समूदायका युवाहरुलाई सुझाब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6