Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्समा नयाँ नियम, नेपाली लाईसेन्सले ६ महिना बढी गाडी चलाउन नपाउने !

न्यु साउथ वेल्समा नयाँ नियम, नेपाली लाईसेन्सले ६ महिना बढी गाडी चलाउन नपाउने !


सिड्नी । नेपाली लाईसेन्सले अब अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा ६ महिना भन्दा बढी गाडी चलाउन नपाइने भएको छ । एनएसडब्लु राज्यमा जुलाई १ बाट लागु हुने गरि नयाँ निमल ल्याउँदै अन्तर्राष्ट्रि लाईसेन्स बाहकलाई कडाई गर्न लागिएको हो ।

विद्यार्थी, पर्यटक लगायतका अस्थायी भिषा लिएकाहरुले ६ महिनाभित्र न्यु साउथ वेल्स राज्यको लाईसेन्स अनिवार्य रुपमा लिनुपर्नेछ । यो नियम जुलाई १ भन्दा अघि आएर न्यु साउथ वेल्स राज्यमा बसोबास गरिरहेकाहरुको हकमा भने लागु हुनेछैन । यस्तै नयाँ नियम अनुसार गल्ती गरेर लाईसेन्सको १३ मेरिट पोइन्ट सकिएमा, मदिरा सेवन गरेर हेलचेक्राईका साथ गाडी चलाउँदा पक्राउ परेमा, दुर्घटनाबाट अंगभंग भएमा वा ज्यान गएमा, तोकिएको तिब्रगति भन्दा ३० किलोमिटर प्रतिघण्टा बढी गाडी गुडाउँदा अन्तर्राष्ट्रिय लाईसेन्स सधैका लागि रद्ध हुनसक्छ ।

तोकिएको समयमा लाईसेन्स कन्भर्ट नभएमा ६ सय देखी २२ सय डलर जरिवाना तिर्नुपर्ने व्यवस्था नयाँ कानुनमा गरिएको छ । सिड्नी र न्यु साउथ वेल्समा बसोबास गरेर पीआर पाएकाहरुले तीन महिनाभित्र नै आफ्नो अन्तर्राष्ट्रिय लाइसेन्स कन्भर्ट गर्नुपर्नेछ । इन्टर स्टेटबाट न्यु साउथ वेल्स र सिड्नी जाँदै हुनुहुन्छ भने पनि ६ महिना बढी बस्दा इन्टर स्टेट लाईसेन्सलाई ३ महिनाभित्र एनएसडब्लुमा कन्भर्ट गर्नुपर्ने हुन्छ ।

तपाई अष्ट्रेलिया मात्रै नभएर विश्वभरका जुनकुनै स्थानमा रहेपनि सडक अनुशासन र नियमलाई कडाईका साथ पालना गर्नुहोस् । आफू बसोबार गरिरहेको स्थानको कानुनी व्यवस्थाको ख्याल गर्दै जरिवानाको जोखिमबाट बच्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6