Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको चुनाव, यस्ता छन नेतृत्वका ३ प्रत्यासी

जुलाई २९ मा एनआरएनए अष्ट्रेलियाको चुनाव, यस्ता छन नेतृत्वका ३ प्रत्यासी


ब्रिजबेन । जुलाई २९ तरिखमा एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयन हुनेभएसँगै निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा आगामी २ वर्षे कार्याकालका लागि तीन जना अध्यक्षका प्रत्यासी मैदान उत्रिएका छन् । नयाँ कार्यसमितिमा उम्मेदवारी दिनेक्रमसँगै अबको नेतृत्वमा को आउँलान ? चासो समेत बढेको छ ।

विगतमा कोषाध्यक्षको भुमिका निर्वाह गरिसक्नुभएका डिला खरेल अध्यक्षको उम्मेदवारी घोषणा गरेर प्यानलसहित मैदान उत्रिनुभएको छ । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवंम न्यू साउथ वेल्स राज्य संयोजक समेत रहनुभएका देव गुरुङले समेत प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । युवा उम्मेदवारका रुपमा अनिल पोखरेलले समेत प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषण गरेर गुरुङ र खरेललाई चुनौँती दिनुभएको छ । सबल र दुःख सुखमा साथ सहयोग गर्ने एनआरएनए नेतृत्वका लागी तीन जना उम्मेदवार प्यानलसहित मैदान उत्रिदा क कस्ले मार्लान त बाजी ? चासोका साथ अष्ट्रेलियामा चुनावी सरगर्मी बढेको छ ।

यी हुन तीन जना मैदान उत्रिएका उम्मेदवार, यस्तो छ प्रतिबद्धता

डिला खरेल ( एनआरएनए अष्ट्रेलिया अध्यक्षका प्रत्यासी)
अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायको उपस्थिति, परिचय, पहिचान र भुमिका स्थापित गराउँदै नेपालमा समेत रोजगारीमुलक लगानी बढाउन क्रियाशिल हुने प्रतिवद्धता गर्दै डिला खरेलले एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । सन् २००६ मा अष्ट्रेलिया आइपुग्नुभएका खरेल अहिले लेखा, वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको नेतृत्वकर्ता समेत हुनुहुन्छ । खरेल अध्ययनसँगसँगै समाजमा केही गरौँ भन्ने उद्देश्यले २००६ मै एनआरएनए अष्ट्रेलियामा जोडिएको बताउनुहुन्छ । सन २०११ सम्म कुनै पनि पदिय भुमिकामा नरहेर सेवा गरेको दाबी गर्ने खरेलसँग २०११ मा स्टेट मेम्बर, सन २०१३–०१५ मा सुरेन्द्र सिग्देल अध्यक्ष भएको समयमा कोषाध्यक्षको भुमिका निर्वाह गरेको अनुभव छ । टोनु घोताने अध्यक्ष रहेको कार्यकालमा प्रवक्ताको भुमिका निर्वाह गर्नुभएका खरेल सन् २०१५ मा नेपालमा भूकम्प गएको समयमा कोषाध्यक्षका रुपमा र स्वयम व्यक्तिगत रुपमा दुःख समस्यामा परेका नेपालीको हकहितमा क्रियाशिल भएको दाबी गर्नुहुन्छ । आफू अध्यक्षमा निर्वाचित भएमा २ वर्षमा नेपाल र अष्ट्रेलियामा गरिने १२ वटा कामको प्रतिबद्धता उहाँले जनाउनुभएको छ । नेपालमा ज्ञान, सिप, अनुभव र लगानी विस्तार गर्ने, वान एनसीसी वान इन्भेष्टमेन्ट, वान इम्प्लोइमेन्टका रुपमा नेपालमा औधोगिक विकास गरिने, सुरुवातमा १ करोड लगानीको एउटा उद्योग स्थापना गरेर रोजगारीको सुरुवात गर्दै केही वर्षमा ८३ करोड लगानी गर्ने प्रतिबद्धता खरेलले जनाउनुभएको छ ।

नेपालमा सरकारको आधिकारिक निकायमार्फत कानुनी अधिकार मार्फत एक पटकको नेपाली सधैको नेपालीलाई स्थापित गराउन सक्रिय बन्ने, डोल्पामा सामुदायिक विद्यालय स्थापनामा भुमिका खेल्ने प्रतिबद्धता, सरकारी सामुदायिक अस्पतालको गुणस्तर सुधारमा हातेमालो गर्ने, शिक्षा, स्वास्थ्य र पारोपकारी काममार्फत नेपालमा योगदान दिइने, निर्वाचित हुनासाथ विज्ञ समुह बनाएर काम गर्ने, अष्ट्रेलियामा रहेका विद्यार्थी अन्य विभिन्न क्षेत्रमा क्रियाशिल समुदायको हकहित, कानुनी अधिकारमा क्रियाशिल भएर योगदान दिने । अष्ट्रेलियामा शिक्षा लगायतका विभिन्न क्षेत्रमा संघर्ष गरिरहेको दोश्रो पुस्तालाई ज्ञान सिप विकाससँगै नेपालसँग जोड्ने प्रतिबद्धता खरेलले उम्मेदवारी घोषणासँगै गर्नुभएको छ । एक लाख डलर संकलन अभियान मार्फत अष्ट्रेलियामा व्यवसायिक सफलताको खोजीमा रहेका युवाहरुलाई सहयोग गरेर अघि बढाउने योजना बनाउनुभएका खरेलले अष्ट्रेलियामा रहेका नेपाली समुदायको उपस्थिति र परिचयलाई स्थापित गराउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

खरेल प्यानलबाट उपाध्यक्ष एनएसडब्लु संयोजकका रुपमा सन्ध्या साह, एससीसी सचिवमा विकास झा, एनसीसी युथ सचिवका रुपमा प्रवेश पौडेल, कोषाध्यक्षका रुपमा सन्दिप अधिकारी एनसीसी मेम्बर टिकाराम तामाङ, एनएसडब्लु संयोजकमा अनन्त गुरुङ, एनसीसी सदस्यका रुपमा रमेश छल्कुल्ली, गोपाल काफ्ले, श्याम थापा, सुवन्स प्रसाद शाह, टिकाराम तामाङ, निदेश बास्कोटा, निरज हुमागाई, एससीसी सदस्यमा चिराग ढुंगाना, आशिस खड्का, मनोजकुमार गोइत, जनक प्रधान, रुपेश पौडेल, ई.श्याम थापा, सुजित सिंह लगायतका व्यक्तिहरु चुनावी मैदानमा उत्रिएका छन् ।

देव गुरुङ एनआरएनए अष्ट्रेलिया अध्यक्षका प्रत्यासी
संस्थागत रुपान्तरण : सामाजिक एकता, सबैको एन आर एनल हाम्रो प्रतिबद्धता भन्ने नारासहित एनआरएनए न्यू साउथ वेल्स राज्य संयोजक देव गुरुङले एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणासँगै अध्यक्ष पदका उम्मेदवार गुरुङले एनआरएनए अस्ट्रेलियाको स्थापनाकाल देखि नै सक्रिय रहेको भन्दै सन् २००५ देखि आफुले एनआरएनमा स्वंयसेवीको रुपमा काम गरेको अनुभव नेतृत्वमा पुगेर कार्यालयन गर्ने दाबी गर्नुभएको छ । २०१७ मा सचिवमा निर्वाचित भएर कुशलताका साथ भुमिका निर्वाह गर्नुभएका गुरुङले यसअघिको कार्यकालमा समेत उपाध्यक्षको भुमिका निभाइसक्नुभएको छ । चुनावमा एउटा समुह बनाएर जानुपर्ने बाध्यकारी अवस्था रहेपनि चुनाव पछि सबैको साझा व्यक्ति भएर अगाडी बढ्ने प्रतिबद्धता उहाँको छ ।

एनआरएनएको विभिन्न कालखण्डमा विभिन्न समितिमा रहेर योगदान दिनुभएका, समाजसेवाका क्षेत्रमा निरन्तर क्रियाशिल गुरुङले आफु लगायत आफ्नो समुहलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । पूर्व ब्रिटिस गोर्खा आमी समेत रहनुभएका गुरुङले गोर्खा नेपालिज कम्युनिटीको उपाध्यक्ष, तमु समाज सिड्नी अष्ट्रेलियाको अध्यक्षका रुपमा समेत काम गरिसक्नुभएको छ । यी सबै अनुभवलाई एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा आएर पुरा गराउने उहाँको प्रतिबद्धता छ । नेपालमा राजनीतिक बाहेकका सामाजिक, आर्थिक लगायतका अधिकारको प्राप्ती, अष्ट्रेलियामा रहेका विद्यार्थी, विभिन्न नेपाली समूदायका संघ संस्था, नेपाली धर्म संस्कृति, संस्कारको संरक्षण र प्रचारप्रसारका साथै नेपाल चिनाउने र नेपाली समूदायको पहिचान, हकअधिकार स्थापित गराउने अहोरात्र मेहनत गर्ने प्रतिबद्धता गुरुङले गर्नुभएको छ । सिड्नीको ग्रानभिलमा गुरुङले प्यानलसहित उम्मेदवारि घोषणा गर्दै एनआरएनए जस्तो सामाजिक संस्थामा आफ्नो ज्ञान सिप लगानी गरेर परिवर्तित अनि सबल एनआरएनए बनाउनसक्नेगरि अघि बढेको बताउनुभयो ।

गुरुङ प्यानलबाट महासविचमा उषा बारिया पोखरेलल, एनसीसी सदस्य तर्फ तीर्थराज गौरागैल, सरु खतिवडा, दिव्य प्रकाश प्रधान, अशोक थपलिया, नारायण चौलागाईं तथा आईसीसी सदस्यतर्फ दीपक जोशी, चन्द्र ढकाल, रेणुका लामा र कृष्णमान श्रेष्ठ, एनआरएनए न्यू साउथ वेल्स राज्य तर्फ संयोजकमा अशोक उप्रेती, उपसंयोजकमा दीपा जोशी, सचिवमा कल्याणी बर्तौला, सहसचिवमा आयुष अधिकारी र कोषाध्यक्षमा प्रसीद राई उम्मेदवार हुनुहुन्छ । सदस्यहरूमा लुना शिवाकोटी, शनशिला श्रेष्ठ, अरुण श्रेष्ठ, कृषा खड्का, बेबिस न्यौपाने, विवेक ओझा, अवनी पौडेल, सौरभ तिमिल्सिना, सीता साम्बा र सुनिल खण्डलले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै न्यू साउथ वेल्स राज्य तर्फ नै युवा संयोजकमा विनोद खड्का, युवा उपसंयोजकमा शशांक बस्याल र युवा सदस्यमा सैराश आचार्यको उम्मेदवारी घोषणा भएको छ ।

अनिल पोखरेल ( एनआरएनए अष्ट्रेलिया अध्यक्षका प्रत्यासी)
युवा अभियन्ता अनिल पोखरेलले समेत प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । सिड्नीको मोर्टडेल गोर्खे प्यालेसमा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरी पोखरेलले एनआरएनको विभिन्न तहमा रहँदा आफ्नो कार्यकालमा थुप्रै सुधारात्मक प्रयासहरु भएको र सोही अनुभवलाई सबल नेतृत्वका रुपमा स्थापित गराउन उम्मेदवारी दिइएको बताउनुभयो । आफु दुई कार्यकाल कोषाध्यक्ष रहँदा एनआरएनएलाई जीवन्त राख्नेगरि काम गरेको भन्दै सबैलाई एनआरएनए भनेर गर्व गर्नसक्ने संस्था बनेको दाबी समेत उहाँको थियो । पोखरेलले यसअघिका दुई कार्यकाल नै एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्षका रुपमा भुमिका निभाउनुभएको छ । अध्यनसंगै क्रमश सामाजिक कार्यक्रममा सहभागी हुने क्रममा करिब एक दशक अगाडि पहिलो पटक एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय परीषद सदस्यको प्रत्यासीको रूपमा एनआरएनए यात्रा शुरू भएको पोखरेल बताउनुहुन्छ। अष्ट्रलियाको सिड्नीस्थित डाउनर युटिलिटीको फाइनान्स मेनेजरका रुपमा काम गरिरहनुभएका पोखरेलले उच्च शिक्षा अध्ययनपछि युनाइटेड ग्रुप, एनएसडब्लु यातायात लगायतका आधा दर्जन बढी कम्पनीहरुमा काम गरिसक्नुभएको छ ।पोखरेलले प्रविधिलाई पच्छ्याउँदै अष्ट्रेलिया सरकार र नेपाली अन्य संघ संस्थासँग समेत राम्रो समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विगतको कार्यकालमा उत्कृष्ण भुमिका खेलेका कारण दशौँ हजार ग्रान्ट लिने ठाउँमा ५० ओँ हजार भन्दा धेरै ग्रान्ट उठाउन सफल भएको उहाँले बताउनुभयो ।

युनाईड कनेक्ट नेपाल नारालाई अगाडी सारेर उम्मेदवारी दिनुभएका पोखरेलले विध्यार्थीहरुलाई साथ सहयोग गर्ने, एनआरएनएलाई अझै सशक्त बनाउने तथा नविनतम प्रविधिको प्रयोगबाट मजबुत एनआरएनए बनाउने उद्देश्यमा क्रियाशिल हुने विश्वास बाढ्नुभएको छ । रिजनलका साथीहरुलाई पनि अगाडि बढाएको र अस्ट्रेलियाका सबै राज्यको प्रतिनिधित्वसंगै सबैको प्रतिनिधिमूलक हिसाबबाट उम्मेदवारी दिएको दाबी उहाँको छ । साना साना डायस्पोराले ठुलो सुविधा सरकारबाट लिएको भन्दै ठुलो सरकारी अनुदान एनआरएनएमा भित्राएर सबल र सक्षम एनआरएनए बनाउन आफ्नो टिमको जित अपरिहार्य भएको पोखरेलले बताउनुभयो । अध्यक्षका उम्मेदवार पोखरेलले आफ्ना सम्पूर्ण एनसीसीका उम्मेदवारलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

पोखरेल प्यानलबाट महासचिवमा सन्तोष कुँवर, सचिवमा थिर बहादुर गुरुङ, एनसीसी कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा सयोंजकमा सुमन बोहोरा, आइसिसि सदस्यहरुमा रमेश अधिकारी, टिका भुर्तेल, डिल्ली ढकाल र मदनराज पौडेलले उम्मेदवारी दिनुभएको छ । न्यु साउथ वेल्स राज्य सयोंजकमा बिनोद बहादुर कुँवर, सहसयोंजकमा अमर रसाईली, सचिवमा कल्याण खड्का, सुवास मैनाली, राज पाख्रिन, सक्षम सुवेदी लगायतले उम्मेदवारी दिनुभएको छ । एनसीसी सदस्यहरुमा सन्तोष श्रेष्ठ, बद्री कुमार बढवाल, विमल कडेंल, तेज अकवे, रोशन भट्टराई, प्रकाश पाण्डेले, एससीसी सदस्यहरुमा प्रमोद न्यौपाने, विशाल भान, केपी सेढाई, विराज सुवाल, बाबुराज कडरीया, कृष्णलाल श्रेष्ठ, उज्जवल सुवेदी र रोजा प्रधान लगायतले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक पदमा बिनोद कुँवर, आईसीसी सदस्य डिल्ली ढकालले युवाको नेतृत्व र सबल एनआरएनको विकासका लागि मतदान गर्न आग्रह गर्नुभएको छ ।

तीन जना उम्मेदवार प्यानलसहित मैदान उत्रिदा क कस्ले मार्लान त बाजी ? अष्ट्रेलियाभर चुनावी सरगर्मीसहित चासो बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6