Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै सरकारले गठन गर्यो छानबिन समिति

हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै सरकारले गठन गर्यो छानबिन समिति


काठमाडौं। मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै सरकारले छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना परेर ज्यान गुमाएका सबै मृतकप्रति मन्त्रिपरिषद् बैठकले श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । मंगलबार बिहान हेलिकप्टर दुर्घटनामा परेर कास्कीको रुपा गाउँपालिका स्थायी घर भएका क्याप्टेन चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकोका नागरिकले ज्यान गुमाएका थिए ।

दुर्घटनापछि छानविन वा जाँचबुझ आयोग, समिति बन्ने तर उनीहरुले दिने प्रतिवेदनका सुझाब कार्यान्वयन नहुने गरेको भन्दै सरकारमाथी नै प्रश्न उठ्ने गरेको छ । समिति बनाएर अध्ययनका नाममा लाखौँ खर्च गर्ने सरकार विज्ञको सुझाब कार्यान्वयन गरेर उड्डयन क्षेत्रलाई सुरक्षित बनाउनतर्फ गम्भिर बन्नुपर्ने आवज उठेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6