Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइक्यानले पायो शेषराज भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति

इक्यानले पायो शेषराज भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शेषराज भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ । शनिबार भएको निर्वाचनमा भट्टराईले पूर्व अध्यक्ष रहिसकेका विष्णुहरि पाण्डेलाई पराजित गर्दै अध्यक्षमा बाजी मार्नुभएको हो । भट्राई अर्बिट इन्टरनेसनल एजुकेसनका सीइओ हुनुहुन्छ ।

भट्टराईले २३८ मत पाउँदा अध्यक्षकै प्र्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ मत, कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाउनुभएको थियो । इक्यानको महासचिवमा हालकै महासचिव दिपकराज भुसाल २५५ मतसहित विजयी बन्नुभएको छ । प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत मात्र पाउनुभयो । तीन जना उपाध्यक्षहरूमा २२८ मतसहित एन्ड्रीयू पौडेल , १७२ मतसहित भुवनबहादुर क्षेत्री र १५२ मतसहित गीता शिवाकोटी निर्वाचित हुनुभएको छ । सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा आशिक कार्की २०८ मत ल्याएर र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी बन्नुभएको छ । कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित हुनभएको छ ।

इक्यान शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन हो । जसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरूको लागि नीति नियममा बसेर उचित परामर्श दिँदै समाजमा देखिएका विकृती र विसंगती विरुद्घमा आवाज उठाउँदै आइरहेको छ। विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरूलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विधार्थी तथा अभिभावकहरूसँग वेदेशिक अध्ययन सम्बन्धी अन्तक्रिया गर्ने लगायत आफ्ना सदस्य संस्थाहरूलाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेजहरू तथा त्यसका प्रतिनिधिहरूको विकृति विरूद्ध ससक्त रूपमा आवाज उठाउने र सरकारको गलत नीति विरुद्ध समेत लड्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6