Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहरेक वर्ष किन बढ्दैछन विदेश जाने विद्यार्थी ? अष्ट्रेलियामा सबैभन्दा धेरै !

हरेक वर्ष किन बढ्दैछन विदेश जाने विद्यार्थी ? अष्ट्रेलियामा सबैभन्दा धेरै !


काठमाडौं । नेपालस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांक अनुसार हरेक वर्ष वैदेशिक अध्ययनमा विदेशिनेहरुको संख्या बढिरहेको पाइएको छ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९\८० मा १ लाख १० हजार २१७ जनाले एनओसी लिएका छन् । यो विगतका वर्षभन्दा निक्कै धेरै हो ।

आर्थिक वर्ष २०७९\८० मा १११ देशका लागि एनओसी आवेदन परेकोमा सबभन्दा बढी अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । क्यानडाका लागि २१ हजार ५४४ जना, जापानका लागि २१ हजार ६५८ जना र यूकेका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् । अमेरिकाका लागि ५ हजार १२० जना, क्यानडाका लागि ११ हजार ३२ जना, जापानका लागि १६ हजार १५७ जना र यूकेका लागि ७ हजार ६२७ जनाले एनओसी लिएको शाखा प्रमुख वासुदेव वस्तीले जानकारि दिनुभयो । २९ पुस २०७७ देखि १६ पुस २०७८ सम्म (२०२१ जनवरीदेखि डिसेम्बरसम्म) ४४ हजार ८१२ जनाले एनओसी लिएका छन् । यो वर्ष सबैभन्दा बढी ११ हजार ७११ जनाले जापान जान एनओसी लिदा अष्ट्रेलियाका लागि ८ हजार ६८० जनाले एनओसी लिए । अमेरिकाका लागि ४ हजार २८७ जना, क्यानडाका लागि ४ हजार १८४ जना र संयुक्त अधिराज्य (यूके) का लागि ४ हजार ५१५ जनाले एनओसी लिएका थिए । अर्को वर्ष यो संख्या झण्डै ४४ ले प्रतिशत बढ्यो । १७ पुस २०७८ देखि १६ पुस २०७९ सम्ममा १ लाख २ हजार ५०० जनाले वैदेशिक अध्ययनमा जान अनुमति लिए । यो वर्ष अष्ट्रेलियाका लागि मात्रै ६६ हजार ८०२ जनाले एनओसी लिएको सरकारी तथ्यांक छ । २०७७ साल भदौदेखि अनलाइन आवेदन लिन थालेको शाखाले सुरुको दुई वर्ष अंग्रेजी महिना अनुसार तथ्यांक तयार पारेको थियो । तर पछिल्लो समय आर्थिक वर्ष अनुसार विवरण राख्न थालिएको छ ।

पूर्व शिक्षामन्त्री समेत रहनुभएका पुराना बामपन्थी नेता राधाकृष्ण मैनाली युवालाई स्वेदशमा रोजगार बनाउन नसक्दा विदेशिनेको संख्या बढेको र यसले उच्च शिक्षाको गुणस्तरप्रतिको विश्वास घटाएको बताउनुहुन्छ । मैनाली भन्नुहुन्छ, ‘नेपालमा पढेर भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने वातावरण तयार नहुँदा विद्यार्थीमा निराशा छाएको, अहिलेदेखि बाहिर गयो भने भविष्य सुरक्षित हुन्छ भन्ने भावनाले प्रेरित भएर देश छाड्ने युवाहरु बढिरहेका छन् ।’ शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला समेत आशा जगाउनेभन्दा बढी निराशा छर्नेहरू धेरै भएकाले युवा पलायन बढेको बताउनुहुन्छ । ‘नेपालमा आशा जगाउने भन्दा निरासा बढाउने काम सबैतिरबाट भैरहेको छ, कन्सल्टेन्सी, पत्रकार, प्राज्ञिक, नेता भनाउँदाले केही छैन भनेपछि किन बस्छन् युवाहरु ?’ डा. कोईराला सरकार र बौद्धिक वर्गमाथी नै प्रश्न गर्नुहुन्छ ।

अर्बैं रकम नेपालबाट विदेशिदै
वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्यासँगै नेपालबाट वर्षेनी अर्बौं रकम बाहिरिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७\७८ मा २४ अर्ब ९६ करोड रुपैया विद्यार्थीका कारण विदेशिएको छ । आव २०७८\०७९ मा यो रकम बढेर ६७ अर्ब ७० करोड, आव २०७९\८० को ११ महिनामा ८९ अर्ब १८ करोड रुपैया पुगेको छ ।

एनओसी शाखा वस्ती अब पनि युवालाई देशमै रोक्ने वा अध्ययनका लागि गएकालाई फर्काउने वातावरण नबनाए देशले ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति आउने बताउनुहुन्छ । यता, सरकार वैदेशिक अध्ययनको बहानामा बर्सेनि लाखौं युवा विदेशिएकोमा चिन्तित बन्नुको साटो रेमिट्यान्सबाट पैसा कमाएर देश धानेकोमा खुसी मनाइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6