Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१०० किलो सुन तस्करी प्रकरण : यसरी अघि बढ्दैछ तस्करका नाईके र मालिक खोज्न अनुसन्धान !

१०० किलो सुन तस्करी प्रकरण : यसरी अघि बढ्दैछ तस्करका नाईके र मालिक खोज्न अनुसन्धान !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट भन्सार पास भएर बाहिरिदै गर्दा करिब १ सय किलो अबैध सुन नियन्त्रणमा लिएको राजश्व अनुसन्धान विभागले तस्करीका नाईके र सुनका मालिकसम्म पुग्नेगरि अनुसन्धानलाई तिब्रता दिएको छ । विमानस्थल भन्सारबाट जाँचपास पुरा गरेका सामान बोकेर बाहिरिदैगरेको ट्याक्सीमा ठूलो परिणामको सुन बरामत गरेको विभागले एक चिनिया नागरिक, एक भारतियसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धानलाई गति दिएको हो ।

तस्करीका नाईकेका रुपमा चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेका छन् । बालुवाटारस्थित उनको कोठा र कार्यालय रहेकोस्थानमा समेत राजश्वको टोलीले छापा मारेर केही पोका सामान लगायतका कागजात नियन्त्रणमा लिएको छ । उनी भाग्ने योजनासहित विमानस्थल पुगेको समयमा पक्राउ परे । चिनियाँ नागरिक चुवान बिजनेश भिसामा सात महिनादेखि नेपालमा बस्दैआएको खुलेको छ । यता, पक्राउ परेका भारतीय नागरिक थाप्तेन छिरिङ बस्ने पानिपोखरीस्थित कम्फर्ट हाउजिङमा समेत खानतलासी गरेर केही कागजात नियन्त्रणमा लिइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार सुनजडित कार्गो सामान चिनियाँ नगारिकले पठाएको खुलेको छ । कार्गोका एजेन्टमार्फत अबैध तरिकाले सुन पठाउनेको समेत खोजीमा अनुसन्धानको टोली जुटेको छ । ट्याक्सी ड्राइभर अशोक लामा र सुरुवातमा पक्राउ आरोपितको बयानका आधारमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीले काठमाडौंमा सर्च अप्रेशन नै चलाइरहेका छन् । यसअघि समेत सुन ल्याएर लुकाईएको आशंकासहित अप्रेशन जारी छ ।

ट्याक्सी चालकको बयानका क्रममा बालुवाटारस्थित चिनिया नागरिकको अफिस रहेको घरमा विभागको टोली पुगेको थियो । राजश्व अनुसन्धान विभागको टोलीले सुनजडित मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ नेपाल ल्याउने कार्गो कम्पनीका तीन जना सञ्चालकलाई पक्राउ समेत पक्राउ गरेको छ । ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट र कृष्णकुमार श्रेष्ठ, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ राजश्वको टोलीबाट पक्राउ परेका छन् । सुनसहित ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, कम्पनीका सञ्चालक भोजपुरका दिलिप भुजेल, उनका मामा दोलखाका रामकुमार भुजेल, भोजपुरका हर्कराज राईलाई विभागको टोलीले मंगलबार र बुधार पक्राउ गरेको थियो ।

भन्सार विभागले जाँचपासमा संलग्न तीन कर्मचारीलाई निलम्बन गरेर छानविन अघि बढाएको यो घटनालाई राजश्व अनुसन्धानले गम्भिर रुपमा अघि बढाएको छ । मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको झण्डै १०० क्वीन्टल सुन बरामद गरेको घटनाले अहिले नेपालमा हलचल नै मच्चाइरहेको छ । एक क्वीन्टल सुन तस्करीमा पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको समय उपलब्ध गराउँदा विगत जस्तै भरिया मात्रै पक्राउ पर्छन वा तस्करीको सञ्जाल तोड्दै मालिकसम्म पुगेका अनुसन्धान टुंगिन्छ चासोसहित प्रतिक्षा भैरहेको छ । यता, सुन प्रकरणमा नाम मुछिएका व्यापारी दिपककुमार मल्होत्राले काठमाडौँमा पत्रकार सम्मेलन गररेर बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर आएका समाचारको खण्डन गर्नुभएको छ । प्रमाणले आफू दोषी देखिएमा नेपालको कानुन अनुसारका सबै सजाय भोग्न तयार रहेको दाबी गर्दै मल्होत्राले भ्रामक समाचारको कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतले सुन प्रकरणको गम्भिर अनुसन्धान गर्न निर्देशन दिएका छन् । बेलामौकामा सडकमार्ग अनि हवाई मार्गबाट आउने अबैध सुन बरामद हुनेगरेपनि मालिक जोगाएर भरिया मात्रै पक्राउ गर्नेगरिएको विगतको आरोप चिर्नुपर्ने दबाबमा प्रचण्ड सरकार रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6