Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaवेष्ट्रन अष्ट्रेलियाबाट आयो दुःखको खबर, समुन्द्री तटमा फसेका सबै १ सय ह्वेलले गुमाए ज्यान !

वेष्ट्रन अष्ट्रेलियाबाट आयो दुःखको खबर, समुन्द्री तटमा फसेका सबै १ सय ह्वेलले गुमाए ज्यान !


ब्रिजबेन । वेष्ट्रन अष्ट्रेलियाको समुन्द्री तटमा फसेका १०० बढी ह्वेलको निधन भएको छ । बायो डाइभर्सिटीका कर्मचारी र भोलिन्टियरहरुले समुन्द्रमा फर्काउन अथक प्रयास गरिरहदा जुलाई २६ गते बिहान करिब ५० वटाको र बाँकी छटपटाइरहेका ५० बढी ह्वेललाई इन्थोनाइज मार्फत मारिएको हो ।

जुलाई २५  मा वेस्टर्न अष्ट्रेलियाको चेनिज बीचबाट एउटै समूह बनाएर घुमिरहेका ह्वेलहरु जुलाई २५ को साँझ बालुवाको तटमा छट्पटाउदै गरेको अवस्थामा फेला परेपछि उद्धारको प्रयास भएको थियो । पहिलो दिन ५० हाराहारि ह्वेल मरेका थिए भने बाँकीलाई पानीमा फर्काउने अथक प्रयास गरिएपनि सफल हुन सकेको थिएन । बालुवा तटमा छट्पटाएर मृत्युको मुखमा पुगेका ह्वेललाई दुखः नदिई मृत्युबरण गराउन इन्थोनाइज गराउनुपरेको पार्क तथा वाइल्डलाईफ वेस्टर्न अष्ट्रेलियाले जनाएको छ । बायो डाईभर्सिटीका अधिकारी र स्वयमसेवीहरुले पानीमा पुर्याएर ह्वेललाई बचाउन घण्टौँको प्रयास गरेपनि सकिएको थिएन ।

बैज्ञानिकहरुले बारम्बार ह्वेलको मृत्यु भैरहेको घटनाको कारण अहिलेसम्म पत्ता नलगाए पनि पानीमा हिड्दा बाटो पत्ता लगाउने नेभिगेशन सिस्टममा आएको खराबी, अर्कस डल्फिन माछाले खाने भयबाट डराएर भएको भागाभागले बालुवाटारमा पुगेको हुनसक्ने बैज्ञानिक अनुमान छ । यसअघि समेत २०२२ मा तास्मानियामा २३० र २०१८ मा वेष्टर्न अष्ट्रेलियामै १५० ह्वेलको बालुवा तटमा फसेर ज्यान गुमाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6