Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयसकारण जिते अनिलले, यी हुन अरु विजयीहरु

यसकारण जिते अनिलले, यी हुन अरु विजयीहरु


सिड्नी/सरल गुरुङ, सिड्नीको पारामाट्टामा शनिवार राति साढे १० बजेतिर अनिल समुहले जितको खुसी मनाईरहदा पनि नजिकै थिए । चुनावको रणनीति, प्रचारप्रसार, मतदातासंगको कुराकानी तथा बदलिदो परिवेशलाई मुल्यांकन गर्दा अनिलले जित्न सक्ने संभावना बलियो बन्दै आएको थियो, खासगरि पछिल्लो हप्ता । 

निर्वाचन समितिका प्रमुख टोनु घोतानेले अध्यक्षको मत गणना सुनाईरहदा अनिल उनीसंगै रहेका शुभचिन्तकहरु जितको खुसी मनाउन आतुर देखिन्थे हजार सय ६८ मत ल्याएर अनिल पोखरेल विजयी समेत भए उनले प्राप्त गरेको मत निकटम प्रतिद्वन्द्वीले पाएको भोट भन्दा १८ सय ८८ ले धेरै हो देव गुरुङ हजार सय ८० मत ल्याएर दोस्रो भए भने, हजार सय ४७ मत ल्याएर डिला खरेलले तेस्रो स्थान हासिल गरे

अनिल कुल खसेको मत १२ हजार सय १७ को ४२ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन्

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा विजयी अनिल

कुल मतदाता संख्या  १४ हजार सय ६२ रहेपनि ८७ प्रतिशत मतदाताले मात्र चुनावमा भाग लिएको निर्वाचन समिति प्रमुख घोतानेले जानकारी दिनुभयो

आधिकारिकताको लडाईको उपलब्धी

हुन गैर आवासिय नेपाली संघलाई नेपालको राजनीतिबाट मुक्त राख्नुपर्ने हो तर, उमेद्वारहरुको छनोटमा नेपाली दलसंग निकटरहेका प्रवासी संस्था यसका पदाधिकारीको राम्रै चहलपहल रहन्छ

अष्ट्रेलियाको यसपालीको एनआरएनए चुनावमा अध्यक्ष पदमा प्रजातान्त्रिक समुहबाट दुई उमेद्वार मैदानमा थिएअनिल पोखरेल डिला खरेल

नेपालको प्रजातान्त्रिक विचार बोक्ने जनसम्पर्क सिमिति अष्ट्रेलियाले चुनाव आउनु केही महिना अघि नै आफ्नो आधिकारिक उमेद्वार छनोट गर्दै आएको

सबै राज्य टेरिटोरीबाट ५० देखि ७० जनाको स्टेरिङ कमिटी (छनोट उपसमिति) छानिने परम्परा त्यहि स्टेरिङ कमिटीबाट जनाको छनोट समिति बनाईन्छ यो समितिले प्रजातान्त्रिक समुहबाट एक जना साझा व्यक्ति छानेर अध्यक्ष तथा अन्य सदस्यहरुकोउमेद्वार बनाउने गर्छ

समितिले लोकप्रियता, काम गर्ने क्षमता, अनुभव, व्यक्तिगत चरित्र सबै पक्ष विश्लेषण गरेर साझा उमेद्वार छान्ने गरेको समितिका एक सदस्यले नेपालट्युबलाई जानकारी दिए

समितिले सर्वसम्मतबाट उमेद्वार छान्ने प्रकृया रहेको समेत ती सदस्यले बताए । तर, यसपाली आधिकारिक उमेद्वार चयन गर्न ती सदस्यहरुबिच सहमति हुन सकेन डिला खरेल अनिल पोखरेलमा मत विभाजन भयो

छनोट समितिमा सर्वसम्मत नभएपछि, उमेद्वारहरुको छनोट गर्ने प्रकृया स्टेरिङ कमिटीमा लानुपर्ने प्रकृया ‘-जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री अच्युत अधिकारीले बताए तर, यसपाली स्टेरिङ कमिटीमा उमेद्वार छनोट प्रकृया पुगेन त्यसैले प्रजातान्त्रिक समुहका डिला अनिल दुबै मैदानमा उत्रिए यी दुई उमेद्वारबिच प्रजातान्त्रिक समुहबाट आधिकारिक कुन हो भन्ने प्रश्न उब्जिरहेका बेला अर्का अध्यक्षका उमेद्वार देव गुरुङ प्रजातान्त्रिक समुहको भोट बाडिदा आफुलाई फाईदा पग्ने अभिलाषाका साथ चुनावी दौडमा होमिएका थिए

खास खेल

प्रजातान्त्रिक समुहका दुई उमेद्वार आफ्ना पक्षमा मत बटुल्न देश दौडाहमा लागे अनिललाई भिक्टोरिया, कुईन्सल्याण्ड, तास्मानिया र नर्दन टेरिटोरीका प्रजातान्त्रिक समुहले खुलेर साथ दिए अनिलको पकड रहेको नर्दन टेरिटोरी कुईन्सल्याण्डमा  २१ सय बढी मतदाता थिए यी दुई क्षेत्रमा सर्वसम्मत पदाधिकारी छानिएपछि, अनिलको विजयी यात्रा बलियो भयो भिक्टोरिया राज्यका प्रजातान्त्रिक समुहका अगुवाहरु सुरुदेखि नै अनिलको पक्षमा थिए भिक्टोरियामा २२ सय मतदाता थिए अब तास्मानिया पनि जोडिए पछि समिकरण बलियो बन्यो एनआरएनए अष्ट्रेलियामा लगातार दुई कार्यकाल कोषाध्यक्ष बनेर उत्कृष्ट काम गरिसकेका अनिल तुलनात्मक रुपमा अन्य उमेद्वार भन्दा कान्छा हुन् सिड्नीमा लामो समयदेखि बसेर युवा पुस्तामा भिजेकाले समेत अनिललाई न्यु साउथवेल्सबाट मत राम्रै मत आयो

तीनै जना अध्यक्षले १२ सयको हाराहारीमा न्यु साउथ वेल्सबाट मत ल्याएकाले अनिलको जित्ने संभावना बढ्यो

विजयी भएपछि संक्षिप्त कुरागर्दै अनिलले यसपाली क्रमभंग गरिएका बताए काम गर्ने टिम छनोट भएकाले जनताले परिवर्तन महसुसगर्ने गरि काम गर्ने प्रतिवद्धता समेत गरे यसअघि चुनावका बेला विपक्षी भएर उठेका उमेद्वार समुहसंग समेत हातेमालो गरेर काम गर्नेअनिलको भनाई

अरु को को विजयी भए ?

राज्य टेरिटोरी संयोजकहरु एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन्छन्   राज्य तथा दुई टेरीटोरीमध्ये साउथ अष्ट्रेलिया, नर्दनटेरीटोरी, क्युन्सल्याण्ड, क्यानबेरा, वेष्टर्न अष्ट्रेलियामा यसअघि नै सर्वसम्मतले नेतृत्व चयन भएका छन्  जसमा क्रमश: संजयराज पुरी, सञ्जिव ढकाल, शम्भु घाईस, बिक्रम सुवेदी शेखर घिमिरे चयन भएका हुन्  बाँकी राज्यमा निर्वाचन मार्फत संयोजक चयन गरिएको   जसमध्ये न्यु साउथ वेल्समा विनोद बहादुर कुंवर, भिक्टोरियामा मणिरतन सापकोटा तास्मानियामा जगदीश खड्का चयन भएका छन्  राज्यसंयोजकका लागि सबैभन्दा बढी न्यु साउथ वेल्समा जनाले उम्मेदवारी दिएका थिए 

निर्वाचन आयोगले दिएको विवरण अनुसार महासचिवमा सन्तोष कुंवर विजयी बनेका छन् भने सचिवमा थिर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा संयोजक सुमन बोहरा सहसंयोजकमा दीमन राजोपाध्याय विजयी बनेका छन्  यसैगरी युवासचिवमा पुकार घिमिरे युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित भएका छन् 

एनआरएनएको महिला संगठन नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं सह संयोजकमा रत्ना गौतम निर्विरोध चयनभएका छन 

निर्वाचन मार्फत एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि जना सदस्य निर्वाचित भएका छन्  डा. भरतराज पौडेल, सुजनअधिकारी, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल आइसीसी सदस्यबन्न सफल भएका छन् 

निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6