Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक्सीलेन्स अवार्डको नोमिनेशन खुल्ला, सेप्टेम्बर २ मा क–कस्ले पाउँलान यी अवार्ड ?

एक्सीलेन्स अवार्डको नोमिनेशन खुल्ला, सेप्टेम्बर २ मा क–कस्ले पाउँलान यी अवार्ड ?


ब्रिजबेन,अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स अवार्डको नोमिनेशन खुल्ला गरेको छ । अगस्ट १४ सोमबारबाट अगष्ट २० मध्यरातीसम्मका लागि विभिन्न १३ विधाको अवार्डका लागि नोमिनेशन खुल्ला भएको अवार्ड कमिटीका संयोजक भिष्म भण्डारीले नेपालट्युबलाई जानकारि दिनुभएको हो ।

गैरआवासीय नेपाली संघले नवनिर्वाचित कमिटिलाई पद हस्तान्तरण गर्नेदिन आगामी सेप्टेम्बर २ तारिखमा सिड्नीमा अर्वाड वितरण गरिने भण्डारीले जानकारि दिनुभयो । २० अगष्टसम्म प्राप्त हुने नोमिनेशनका आधारमा निष्पक्ष छनौँट मण्डलमार्फत उत्कृष्ठलाई छानिने भण्डारीले नेपालट्युबलाई जानकारि दिनुभयो । अवार्ड कमिटीका संयोजक भण्डारीले नोमिनेशनदेखी अवार्ड छनौँटसम्मका सबै बिवरण पारदर्शी रुपमा राखिने जानकारि दिनुभएको छ । एक साताको समय नोमिनेशनका लागि उपलब्ध गराइएकाले अष्ट्रेलियामा रही विभिन्न विधामा काम गरिरहेका उत्कृष्ट व्यक्तिहरु अवार्डका लागि प्रतिस्पर्धी बन्न सक्नेछन् ।

अवार्डका लागि नोमिनेशन भर्ना यहाँ जानुहोस्

स्टुडेन्ट अफ दि ईयर (१२ लेभल) स्पोर्टस पर्सन अफ दि ईयर ओभर १८, नेप्लीज कल्चरल एम्बासडर अफ दि ईयर, एनआरएन अष्ट्रेलिया अफ दि ईयर, एनआरएन अष्ट्रेलिया युथ अफ दि ईयर, एनआरएन अष्टे्रलिया ओमन अफ दि ईयर, फ्रेड्स अफ नेपाल अफ दि ईयर, विजनसेस पर्सन अफ दि ईयर, कम्युनिटी सर्भिस पर्सन अफ दि ईयर, अर्गनाईजेशन अफ दि ईयर, मेडिया पर्सन अफ दि ईयर, स्टेट पर्सन अफ दि ईयर गरेर १३ विधामा अवार्ड वितरण हुनेछ ।

विधिन्न क्षेत्रका विज्ञहरु समेटेर ११ सदस्यीय निश्पक्ष छनौँट समिति गठन गरिने छ । यो समितिले प्रतिस्पर्धामा रहेका मध्ये उत्कृष्ठलाई छनौँट गरेर पुरस्कृत गर्ने अवार्ड कमिटीका संयोजक भण्डारीले जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6