Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालट्युबको ‘यात्रा गौरभको’ अभियान, एसिया कप क्रिकेटको यसरी हुनेछ स्थलगत रिपोर्टिङ !

नेपालट्युबको ‘यात्रा गौरभको’ अभियान, एसिया कप क्रिकेटको यसरी हुनेछ स्थलगत रिपोर्टिङ !


ब्रिजबेन । आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप क्रिकेट–२०२३ को नेपालट्युब अष्ट्रेलियाले स्थलगत रिपोर्टिङ गर्ने भएको छ । नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान सहभागी हुने प्रतियोगितामा हुने कुल १३ एकदिवसीए अन्तर्राष्ट्रिय (ओडीआई) खेलमध्ये मुख्य खेलहरुको स्थलगत रिपोर्टिङमार्फत अपडेट गराउन नेपालट्युबका अष्ट्रेलिया सम्पादक सरल गुरुङको नेतृत्वमा एउटा टिम श्रीलंका जाने भएको हो ।

नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने एउटा गौरभमय इतिहासलाई आम नेपालीजनमाझ पस्कन नेपालट्युबलाई लिगल रेमिट र फ्लाई लुम्बिनीले साथ दिएका छन् । आजभन्दा २१ वर्षअघि सन २००२ मा मलेसियालाई पराजित गरेर नेपाल एसिया कपको छनौँटमा पुगेको थियो । तर भारत र पाकिस्तानको कलहका कारण तत्कालिन समयको खेल रोकिएको थियो । तर अहिले एउटा गौरभमय इतिहास फर्किएको छ । नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको गौरभमय इतिहासलाई तपाई क्रिकेट प्रेमिमाझ पस्कन चर्चित क्रिकेट कमेन्टेटर सचिन तिमल्सिना समेत नेपालट्युबको यात्रा गौरभको स्थलगत रिपोर्टिङमा सँगै रहनुहुनेछ ।

नेपाल ट्युबको यात्रा गौरभवको अभियान तपाई हामी सबैको अझ भनौँ सिंगो नेपाल र नेपालीहरुको गौरभ अभियान हो । क्रिकेटका महारथी भारत अनि पाकिस्तानसँग नेपालले एसियाकपमा गर्न लागेको मुकाबिला एउटा गौरभमय इतिहास बन्नुपर्छ । नेपालको जितका लागि मिलेर उर्जा भर्ने काम गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6