Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसिया कप खेल्न सन्दीप पाकिस्तान उड्दै, अदालतमा बिचाराधीन मुद्दाको पेसी भदौ २१ मा !

एसिया कप खेल्न सन्दीप पाकिस्तान उड्दै, अदालतमा बिचाराधीन मुद्दाको पेसी भदौ २१ मा !


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज एक्लै पाकिस्तान प्रस्तान गर्दैछन। जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण भदौ २१ गतेको पेसीमा सरेपछि सन्दीप पाकिस्तान उड्नेभएका हुन।

सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले सन्दीपविरुद्धको मुद्दाको पेसी २१ गते तोकिएका कारण पाकिस्तान यात्रा सहज भएको जानकारि दिनुभयो । नेपालले पहिलो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा अगष्ट ३०, बुधबार पाकिस्तानसँग खेल्दैछ। यस्तै, दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ४ अर्थात भदौ १८ गते रहेको छ। अर्को पेसीअघि सन्दीपले यी दुवै खेल खेल्न पाउनेछन्।

नेपाल समूह चरण पार गर्दै शीर्ष चारमा उक्लिएको अवस्थामा भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने कानुन व्यवसायी सापकोटाले जानकारि दिनुभयो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले समेत सन्दीप पाकिस्तान उडान तय भएको पुष्टि गर्नुभएको छ । सन्दीप कतार एयरबाट ११:२० मा दोहाहुँदै पाकिस्तानको मुल्तान प्रस्तान गर्नेछन् । बिचाराधिन मुद्धाका कारण सन्दीप छुटेपनि नेपालको बाँकी टिम भदौ ५ गते नै पाकिस्तान पुगेर अभ्यासमा व्यस्त छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6