Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित

एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित


काठमाडौं । एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँगको उद्घाटन खेलमा १०४ रनमै अलआउट भएको छ। पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भएर २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको नेपालले इतिहासकै विशाल लक्ष्य पायो । खराब फिल्डिङ गरेको नेपाली टोलीका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । सोमपाल कामीले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आरिफ शेख २६ र गुलसन झा १३ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउनै सकेनन् । नेपाली टोलीका कप्तान रोहित पौडेल गोल्डेन डकआउट हुँदा सन्दीप लामिछाने डक आउट भए। पाकिस्तानविरुद्ध गुलसन झा र कुशल मल्लले समान एक छक्का प्रहार गरे। नेपाली टोली दोस्रो ओभरमा नै ३–१४ को अवस्थामा थियो। चौथो विकेटका लागि आरिफ र सोमपाल कामीले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

आरिफ २६ रन बनाउँदा हरिश राउफको बलमा बोल्ड आउट भएका थिए । दोस्रो ओभरमा नै तीन विकेट गुमाएर दबाबमा आएको नेपाल सम्हालिने प्रयासमै रुमलियो । पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अफ्रिदी बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट हुँदा कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भएका थिए । नेपाललाई कम स्कोरमा रोक्न सदाव खान एक्लैले चार विकेट, शहिन शा अफरिदी, हरिस राउफले समान २ विकेट लिएका थिए । नसिम शाह र मोहम्मद नवाजले समान एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले । १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए । यता, इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे । पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले दुई विकेट लिदा सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6