Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगायिका सिन्धु मल्लको समेत लागेन अष्ट्रेलियाको भिसा, कलाकारलाई दिइन यस्ता सुझाब !

गायिका सिन्धु मल्लको समेत लागेन अष्ट्रेलियाको भिसा, कलाकारलाई दिइन यस्ता सुझाब !


काठमाडौं । गायिका सिन्धु मल्ललाई समेत अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेका सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी गायिका मल्लले भिसा दिन अस्वीकार गरिएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो ।

कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको आशंका गर्नुभएकी गायिका मल्लले आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा नदिएका कारण आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको जानकारि गराउनुभएको छ । गायिका मल्लले सामाजिक सञ्जाल फेसबुुकमा लेख्नुभएको छ, ‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक,श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाई पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ ।’

गायिका मल्लले थप लेख्नुभएको छ, ‘नेपालमा मन्दी छ, नेपाली कलाकारहरु विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको छ । संसारका ठूला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ’ सिन्धुले भनेकी छन्, ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भएको छैन । अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु ।’

सामाजिक सञ्जालमार्फत गलत उद्देश्यले विदेशमा दौडधुप गर्नेहरुलाई सुझाब दिनुभएकी गायिका मल्लले अष्ट्रेलिया सरकारमाथी ध्यानाकर्षण गराउदै लेख्नुभएको छ, ‘यदि मेरो यो कुरा अष्ट्रेलियाको भिसा दिने निकायमा पुग्छ भने म भन्न चाहन्छु ,मलाई अष्ट्रेलियामा गैरकानुनि रुपमा बस्न कुनै रहर वा बाध्यता छैन ,मलाई मेरो देश नेपाल नै प्यारो छ । यदि भविष्यमा बिदेशमा बस्ने गरि जानू परेको खण्डमा कानुनि प्रकृया पूरा गरेर जानेछु । गायिका मल्लले यो विषयमा नेपाल सरकारलाई समेत ध्यानाकर्षण गराउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6