Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंका मेयर बालेनले लेखेको फेसबुक स्ट्याटस के थियो, किन सुटुक्क हटाइयो ?

काठमाडौंका मेयर बालेनले लेखेको फेसबुक स्ट्याटस के थियो, किन सुटुक्क हटाइयो ?


काठमाडौं । देशकै पुरानो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा लेखेको उत्तेजक स्टाटसले चौतर्फी आलोचना पाएपछि हटाउनुभएको छ । नेपाल र भारतको क्रिकेट म्याच हेर्न मेयर बालेन श्रीलङ्का पुगेका बेला एकाएक स्टाटस डिलिट गरिएको हो ।

मेयर बालेनले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टाटस डिलिट गर्नुभएपछि ढिलै भएपनि गल्ती सच्याए भन्दै सहानुभुति प्रकट भैरहेको छ । अराजक शैलिमा प्रस्तुत हुने मेयर बालेनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने अहिलेसम्म गरेका छन् । सिंहदरबारमा आगो लगाउने धम्कीपुर्ण स्ट्याटसबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत चासोसहित बहस भैरहेको पाइएको छ । शनिबार कानुन उल्लंघन गर्दै श्रीमती सरकारी गाडीमा हुइकिने अनि ट्राफिक प्रहरीले रोकेको आक्रोशमा देशको मुख्य प्रशासनिक निकायमाथी आगो लगाउने आपत्तिजनक अभिव्यति दिने मेयर बालेनमाथी राज्य बिरुद्धको कसुरमा कारबाही हुनसक्ने कानुन क्षेत्रका जानकारहरु बताउँछन् । यहि कारण सुटुक्क स्ट्याटस हटाएर कानुनी कारबाहीबाट बच्न खोजिएको भन्दै केहीले आलोचना गरिरहेका छन् ।

शनिबार आफ्नी श्रीमती चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेको झोकमा बालेनले फेसबुकमा उत्तेजक अभिव्यक्ति सहितको स्ट्याटस पोस्ट्याउनुभएको थियो । अब आइन्दा महानगरको कुनै पनि गाडी सरकारले रोकेको खण्डमा ‘सिंहदरबारमै आगो लगाइदिने’ धम्की दिनुभएका मेयर बालेनले सरकारलाई चोरको संज्ञा समेत दिएर राखेको स्टाटसले हंगामा मच्चाएको थियो ।

मेयर बालेनको बचाउमा आइतबार सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । बालेनको स्टाटसले हलचल मच्चाउदा यसबारे केही उल्लेख गरिएको थिएन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6