Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले उपाध्यक्ष एवंम संविधानसभाका अध्यक्ष नेम्वाङको निधन, यस्तो छ जीवन कहानी !

एमाले उपाध्यक्ष एवंम संविधानसभाका अध्यक्ष नेम्वाङको निधन, यस्तो छ जीवन कहानी !


काठमाडौं । संविधानसभाका तत्कालिन अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएका नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको हो ।

साढे १ बजे हृदयघातपछि घरकै बाथरुममा ढलेका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लगिएको छ। नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिब शरिर आज दिनभर एमाले पार्टी मुख्यालय च्यासलमा राखिनेछ । नेम्वाङको मृत्युले नेपाली राजनीतिमा अपुरणिय क्षती पुगेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सरकारले आकस्मिक मन्त्रिपरिषद बैंठक मार्फत राजकिय सम्मानका साथ पार्थिव शरिर निवास, पार्टी कार्यालय लैजाने र अन्तिम श्रद्धाञ्जली अर्पण गरिने निर्णय गरेको छ ।

आखिर को हुन् त नेम्वाङ ?

२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिनुभएका सुवास नेम्वाङ २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य हुनुभयो । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आउनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम–२ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहनुभएका नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत बन्नुभएको थियो । ७४ को संसदीय निर्वाचनमा एमाले– माओवादी गठबन्धनबाट विजयी नेम्वाङले गत निर्वाचनमा समेत जित हात पार्नुभएको थियो । गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गर्नुभएको थियो ।

कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि हुनुहुन्थ्यो। विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बन्नुभयो। २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभयो । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा आवद्ध नेम्वाङ २०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर एमाले केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । २०७१ सालमा भएको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बन्नुभएका नेम्वाङ २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा उपाध्यक्ष चयन हुनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6