Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनएको ११औं महाधिवेशन अक्टोबर १७ बाट, यी हुन नेतृत्वका आकांक्षी !

एनआरएनएको ११औं महाधिवेशन अक्टोबर १७ बाट, यी हुन नेतृत्वका आकांक्षी !


काठमाडौं । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा एनआरएनएको ११औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशबाट चयन हुने नयाँ नेतृत्वका लागि उम्मेदवार घोषणा गर्ने होड बाक्लिन थालेको छ ।

महाधिवेशन आउन एक महिना बाँकी रहँदा नै एनआरएनएको आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा, वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप–महासचिव विनय अधिकारी मौदानमा हुनुहुन्छ । नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी पर्ने करिब निश्चित जस्तै देखिएको छ । महेश श्रेष्ठले ललितपुरको होटल हिमालयमा पत्रकारसम्मेलन गरेर, विनय अधिकारीले एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर, आरके शर्माले कतारमा विभिन्न ५७ वटा नेपाली समूदायका संघसंस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमबाट उम्मेदवारी घोषणा गर्नुभएको छ । औपचारिक घोषणामात्रै बाँकी रहेपनि रविना थापा, डा. बद्री केसी, चुनावी अभियानको तयारीमा जुटिसक्नुभएको छ ।

अहिले प्रतिस्पर्धामा ५ जना देखिएपनि मुख्य भीडन्त भने त्रिपक्षीय प्यानलमा हुने आँकलन गरिदैछ । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा.केसीलाई र नेपाली जनप्रगतिशील मञ्चले शर्माको पक्षमा लबिङ गर्दा नेपालमा समेत आफू निकटका जिताउन राजनीतिक लबिङ भित्रभित्रै सुरु भएको छ । यता, तीन प्रतिस्पर्धीबीच कडा भीडन्तको आँकलन गरिदैगर्दा रविना थापाले करिब १ हजार ३५० मत ल्याएर जित्ने घोषणा गर्नुभएको छ । सबै मिलेर आए पनि कडा प्रतिस्पर्धा हुने उहाँको दाबी छ । यता, एनआरएनएको अधिवेशन नजिकिदैगर्दा सुरु भएको नेपाल समूदाय भित्रको राजनीतिक लबिङले सामाजिक अभियानका रुपमा अघि बढ्नुपर्ने एनआरएनए अभियानमाथी नै अनेकन प्रश्न उब्जाइदिएको छ । नेताहरूको आलोचना गर्न माहिर एनआरएनएहरूको कार्यशैली पनि उस्तै रहेको भन्दै आलोचन हुन थालेको छ ।महाधिवेशन प्रतिनिधि चयनका क्रममा समेत आफू निकट, परिवार र नजिकका नातेदार छानेको भन्दै एनआरएनए अभियन्ताहरु नै असन्तुष्टि पोखिरेका छन् ।

एनआरएनएको शाखा ८० भन्दा बढी मुलुकहरूमा फैलिएको भनिए पनि झन्डै ५७ देशका करिब ४ हजार २०० प्रतिनिधिहरू मात्रै केन्द्रीय निर्वाचनमा भाग लिनेछन् । सेप्टेम्बर १५ सम्ममा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम टुङ्गो लाग्ने बताइएको छ । एनआरएन चुनावमा प्यानल बनाएर निर्वाचन लड्न विधानले बन्देज लगाएको भएपनि विधानको धज्जी उडाउँदै राजनीतिक लबिङ र प्यानलको प्रतिस्पर्धा हुनेगरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6