Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नको नेपाली बहुसांस्कृतिक केन्द्रमा धार्मिक अनुष्ठासहित भब्य रुपमा दशैं मनाइने

मेलवर्नको नेपाली बहुसांस्कृतिक केन्द्रमा धार्मिक अनुष्ठासहित भब्य रुपमा दशैं मनाइने


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा विशेष उल्लासका साथ यस वर्षको दशैं पर्व मनाइने भएको छ । दशैंको नवरात्रीभर अर्थात आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म नवाह ज्ञान महायज्ञसहित भब्यताका साथ दशैं पर्व मनाइने भएको हो ।

उक्त धार्मिक अनुष्ठानको नेतृत्व पण्डित दिनबन्धु पोखरेलले गर्नुहुनेछ । शनिबार अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) ले पत्रकार सम्मेलन आयोजना गरेर यस पटक दशैंको अवधिभरमा १० हजारभन्दा बढी भिक्टोरियावासी नेपालीहरुले मन्दिर भ्रमण गर्ने जानकारि दिएको हो । एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भट्टराईले निःशुल्क जमरा वितरणको यसअघिको कार्यक्रमलाई निरन्तरता दिइने र यस पटक दशमीका दिन मन्दिरमा नै टिका लगाउने व्यवस्था गरिएको नेपालट्युबलाई जानकारि दिनुभयो ।

एएनएमसीका सहकोषाध्यक्ष एवं मेलबर्न सप्ताहका संयोजक अनन्त पौडेलले अक्टोबर १५ देखि सुरु हुने मेलबर्न सप्ताहको दोश्रो संस्करणको मुख्य उद्देश्य कम्तिमा एक पटक भएपनि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरु आफ्नै मन्दिर परिसरमा भेला हुन भन्ने रहेको बताउनुभएको छ । सचिव डा.तिलक पोखरेलले १५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुने, अन्य दिन सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथावाचन गरिनेछ । आरति हरेक दिन साँझ ७ः३० बजे हुने जानकारि दिनुभयो ।

महायज्ञको समापन विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरुको उपस्थितिमा नवनिर्मित नेपाली बहुसांस्कृतिक केन्द्रको उद्घाटन गरिनेछ । भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरु गर्नका निम्ति छुट्टै स्टेजसहितको व्यवस्था, परिसरको सुरक्षा व्यवस्थाका लागि सीसीटिभी लगायतको जडान गरिएको थियो । केही समय अघि मन्दिरमा भगवान पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो । यस्तै भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ ।

भिक्टोरिया राज्य सरकारले गत वर्षमात्रै करिब ६ लाख अष्ट्रेलियन डलर अनुदान दिएसँगै करिब १ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको बहुसांस्कृतिक केन्द्रको बृहद गुरुयोजना अन्तर्गत यसलाई मर्मत सम्भारका साथै केही संरचना निर्माण गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6