Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरविको राष्ट्रिय स्वतन्त्र पार्टीले जन आवाज सुन्न १९ जिल्लामा नेता पठाउँदै, कुन नेता कहाँ ?

रविको राष्ट्रिय स्वतन्त्र पार्टीले जन आवाज सुन्न १९ जिल्लामा नेता पठाउँदै, कुन नेता कहाँ ?


काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँमा पठाउने भएको छ । सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरु ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरण अन्तर्गत १९ जिल्लामा खटिन लागेका हुन ।

१९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्ने काममामा खटिने र सोही आधारमा दस्तावेजमा नागरिका सुझाव समेटिने महामन्त्री मुकुल ढकालले जानकारि दिनुभयो । जनआवाज सुन्ने कार्यक्रम संविधान दिवसको दिन (३ असोज) बाट सुरु भएर पहिलो चरण ७ असोजमा सकिने बताइएको छ । सभापति रवि लामिछाने रोल्पा, उपाध्यक्ष डीपी अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालिकोट, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णिम वाग्ले तनहुँ, सन्तोष परियार कपिलवस्तु, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, विराजभक्त श्रेष्ठ वैतडी, सुमना श्रेष्ठ कैलाली, डा. तोसिमा कार्की डोटी, गणेश पराजुली ओखलढुङ्गा, हरि ढकाल सोलुखुम्बु पुगेर गाउँगाउका जनआवाज सुन्नुहुनेछ ।

यस्तै, नेताहरु विपिन आचार्यलाई संखुवासभा, गणेश कार्कीलाई सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताललाई खोटाङ, रमेश प्रसाईलाई सुर्खेत, कमल सुवेदीलाई रौतहट र शंकर श्रेष्ठलाई इलाम पठाइने भएको छ । जनताकै बीचमा पुगेर जनचाहाना अनुसारको घोषणा पत्र बनाउने, जनताकै बीचमा रहेर देश अनि जनताको लागि इमान्दार भएर काम गर्ने पार्टीका रुपमा रास्वपालाई स्थापित गराउने भन्दै सभापति लामिछानेसहितको सिंगो टिम सत्ता छाडेर मिसन २०८४ मा केन्द्रीत छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6