सिड्नीबाट हिँउ खेल्न स्नो माउण्टेन हिडेका दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा परि ज्यान गएको छ । मृत्यु हुनेमध्ये एक पुरुष र महिला रहेको क्यानवेरास्थित नेपाली राजदुतावासले जनाएको छ । उनीहरु दुबै २० वर्ष उमेर समुहका विद्यार्थी हुन् । अन्य तीन घाईतेमध्ये एकको कोमा र दुईको क्यानवेरा अस्पतालमा उपचार भईरहेको छ । उनीहरु सबै खतरामुक्त रहेको कार्यवाहक राजदुत दुरपदा सापकोटाले जानकारी दिनुभयो । घाईतेलाई हेलिकप्टरबाट क्यानवेरा लगिएको थियो ।
दुर्घटना आईतबार बिहान पौने चार बजे भएको हो । पाच जना सवारी कार क्यानवेरा नजिकै मोरना हाईवेमा दुर्घटना भएको हो । मृतकको पहिचान प्रहरीले गोप्य राखेको । तर, घाईतेसंग कुराकानीमा मृत्यु हुने महिला सुवेदी र पुरुष भण्डारी थरको रहेको बुझिएको छ ।
शनिवार सिड्नीबाट १५ जनाको टोली ३ छट्टाछुट्टै कारमा स्नो माउण्टेन हिडेका थिए । दुतावासका अनुसार उनीहरुले क्यानवेरा नजिकै उडन रिजर्भ भन्ने स्थानमा क्यापिङ गरेका थिए । १० जनाको टोली रातमा त्यहि स्थानमा बसेका थिए । तर, ५ जना भने राति नै स्नो माउण्टेन तर्फ लागेका थिए । ५ जना सवार गाडीबाट मृतक भनिएकी युवतीले फेसबुक लाईभ समेत गरेकी छिन् ।लाईभ भिडियोमा उनीहरु गित गाउदै निकै खुसी मनाईरहेको देखिन्छ । उनीहरु त्यहि बास नबसी किन मध्य रातमा हिडे ? भन्ने विषयमा दुतावासले पनि खोजी गरिरहेको कार्यवहाक राजदुत सापकोटाले बताउनुभयो ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया