Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमल्टि डाईनामिक रियल स्टेटको शाखा अब ब्रिजबेनमा, नेपालीको व्यवसाय मन्त्रीद्धारा उद्घाटन !

मल्टि डाईनामिक रियल स्टेटको शाखा अब ब्रिजबेनमा, नेपालीको व्यवसाय मन्त्रीद्धारा उद्घाटन !


ब्रिजबेन । अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपाली समुदाय माझ चर्चित मल्टी डाईनामिक रियल स्टेटले ब्रिजबेन शहरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सन् २०३२ को ओलम्पिक आयोजना स्थल रहेको नर्थ ब्रिजबेनको फिट्जगिब्बन शहरमा विस्तार गरिएको कार्यालयको कुईन्सल्याण्ड राज्यका पर्यटन मन्त्री स्टरलिंङ हिचलिफले उद्घाटन गर्नुभएको हो ।

मन्त्री हिचलिफले नेपाली मुलका व्यवसायीले सञ्चालन गरेको मल्टि डाईनामिक रियल स्टेटको सेवाबाट स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यालय उद्घाटनकै क्रममा आगामी महिना अष्ट्रेलियाका आदिवासीहरुलाई थप अधिकार दिने उद्देश्य सहित हुन लागेको जनमत संग्रहको महत्व वारेमा जानकारि गराउनुभएको थियो । ब्रिजवेन नेपालीहरुको तेस्रो ठुलो जनसंख्या भएको राज्य भएका कारण र ओलम्पिकले घर जग्गाको व्यवसायमा उल्लेखनीय बृद्धि हुने अपेक्षा गरिएको शहर भएकाले समेत आफूहरुको रोजाईमा परेको कम्पनीका कुइन्सल्याण्ड कार्यालयका डाईरेक्टर अशिम कोईरालाले जानकारि दिनुभयो । लामो समय देखि नेपाली लगायत अष्ट्रेलियामा बसोबास गर्ने सबैलाई घर खरिद बिक्री तथा भाडामा लिने दिने काममा मल्टि डाईनामिक सहयोगी बन्दैआएको छ । मल्टि डाईनामिकले ब्रिजबेनसँगै सिड्नीका चार स्थान, मेलवर्न, क्यानवेरा, एडिलेडमा कार्यालय राखेर सेवा दिदैआएको छ ।

मल्टि डाईनामिकको शाखा विस्तार कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषद सदस्य डा. भरत राज पौडेल, ब्रेकन रिज वार्डका काउन्सिलर स्यान्डी ल्यान्डर्स, साउथ पोर्ट एमडी किशोर तिवारी, मल्टि डाईनामिकका सीईओ, एमडी मेघाराज पौडेल, कर्पोरेट कार्यालयका निर्देशक विष्णु प्रभात, आना इन्घम, मल्टि डाईनामिक कुईन्सल्याण्डका प्रिन्सिपल रमेश पौडेल तथा कम्पनीका मुख्य कार्यालयका प्रतिनिधिसँगै स्थानीय व्यवसायी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । मल्टि डाईनामिकको शाखा ब्रिजबेनमा विस्तार भएसँगै घर खरिद बिक्री तथा भाडामा लिनदिन नेपाली समूदायसँगै सबैलाई सहज हुने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6