Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए उपाध्यक्षको मैदानमा अभिमान सिंह बस्नेत, यस्ता छन संघर्षदेखी सफलताका कथा !

एनआरएनए उपाध्यक्षको मैदानमा अभिमान सिंह बस्नेत, यस्ता छन संघर्षदेखी सफलताका कथा !


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कार्यसमिति सचिव अभिमान सिंह बस्नेतले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई तिब्रता दिनुभएको छ । सन् २००८ देखि अष्ट्रेलियाको ब्रिजबेन सहरमा रहेर एनआरएनए अभियानमा सक्रिय सिंहले १० बुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई तिब्रता दिनुभएको हो ।

एनआरएनए उपाध्यक्षको प्रतिस्पर्धी बनेर मैदान उत्रिनुभएका बस्नेतले एनआरएनएहरुको ज्ञान र सिपको आदानप्रदानका लागि कार्यक्रम बनाएर व्यवसायी,बौद्धिक वर्ग र पेसाकर्मीहरूसँग छलफल र सहकार्य गर्ने, वैदेशिक रोजगारलाई अझ व्यवस्थित बनाउने, आईसीसी र एनसीसीको प्रत्यक्ष संवादको वातावरण बनाउने,आईसीसीको योजना अनि कार्यक्रमहरूलाई एनसीसीसम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने, विदेशमा हासिल गरेको ज्ञान, सिपलाई जन्मभुमिको विकासमा समेत योगदान दिनेगरि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता बस्नेतले गर्नुभएको छ ।

यस्ता छन्, एनआरएनए उपाध्यक्षको चुनावी अभियानमा होमिनुभएका बस्नेतका १० प्रतिबद्धता :

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

२) पर्यटन प्रवर्द्दन गर्न एनआरएनहरुको प्रत्यक्ष सहभागिताका लागि जुट्ने ।

३)Ancestry tourism लाइ प्राथमिकतामा राखेर योजना बनाउने ।

४) संसारभरीको NCC ले ICC लाई तिर्दै आएको US $ ५ सदस्यता लेभी घटाउन पहल गर्ने ।

५) ज्ञान र शिपको आदानप्रदानका लागि कार्यक्रम बनाएर ब्यवसायी, बौद्धिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने ।

६) बैदेशिक रोजगारलाइ अझ व्यवस्थित बनाउने।

७) ICC र NCC को प्रत्यक्ष संवादको बाताबरण बनाउने ।

८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने ।

९) ICC अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्ने ।

१०) बर्तमान समयमा देखिएको प्रतिनिधी छनोटको समस्या लाइ संख्या बढाएर दस हजारसम्म पुर्याउन पहल गर्ने।

आखिर को हुन त उपाध्यक्षको प्रतिस्पर्धी बस्नेत ?
२०३३ सालमा नेपालको इटहरीमा जन्मिनुभएका बस्नेत केही समयपछि नै परिवारसँगै विराटनगर सर्नुभएको थियो । विराटनगरबाट २००८ मा अष्ट्रेलियाको ब्रिजबेन पुग्नुभएका बस्नेत सुरुवातदेखी नै नेपाली समाजका विभिन्न अभियानमा जोेडिएर एनआरएनए अभियानमा सहयोगी बन्नुभयो । बस्नेत सन् २०११ बाट भने प्रत्यक्ष रुपमै एनआरएनए अभियानमा जोडिनुभएको थियो । एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरिसक्नुभएका उहाँ नेपाली डायस्पोराको अस्ट्रेलियाली समाजमा सक्रिय हुनुहुन्छ ।

सुरुवाती समयमा क्लिनिङ, एजकेयर, सुपरमार्केट लगायतका क्षेत्रमा काम गर्दै अहिले एबीसी ग्लोबल कन्सल्टेन्सी, एभरेष्ट इन्भेष्टमेन्ट ग्रुप लगायतका व्यवसायहरुको नेतृत्वकर्ता बन्नुभएको छ । एबीसी ग्लोबलमा सीईओ, एभरेष्ट इन्भेष्टमेन्ट ग्रुपको डाईरेक्टरका रुपमा सक्रिय उहाँ डान्स कोरियोग्राफीमा समेत अब्बल हुनुहुन्छ बस्नेतले नेपाली कला संस्कृतिको योगदानमा समेत योगदान दिदैआउनुभएको छ । अहिले ब्रिजबेनको लोगन क्षेत्रमा १६ विगाह जमिन खरिद गरेर नेपाली पशुपतिनाथ, बौद्ध स्तुपा लगायतका सम्पदा निर्माणको बजेट व्यवस्थापनमा समेत बस्नेतले सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6