Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमंगोलिया माथि नेपालको कीर्तिमानी जित, बने ८ विश्व रेकर्ड !

मंगोलिया माथि नेपालको कीर्तिमानी जित, बने ८ विश्व रेकर्ड !


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगोलिया माथि किर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी एसीयन गेम्समा नेपालले २ सय ७३ रनको सानदार जित हासिल गरेसँगै विभिन्न ८ विधाका विश्व रेकर्ड समेत कायम भएका छन् ।

चीनमा जारी १९ औँ संस्करणको एसीयन गेम्समा नेपाली टोलीले मंगोलीयामाथि एकैसाथ आधा दर्जन विश्व रेकर्ड कायम गर्यो । तुलनात्मक रुपमा कमजोर मानिएको मंगोलीया माथि नेपालले २० ओभरमा ३ विकेटको क्षेतिमा विश्व किर्तिमानी ३ सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा तानीएको मंगोलीयाले १३ दशमलव १ ओभरमा ४१ रन बनाउँदै अलआवट भयो ।

यी हुन टि–२० आईमा मंगोलीया माथि नेपालले हासिल गरेका ८ विश्व रेकर्ड

१, उच्च स्कोर
नेपाली टोलीले मंगोलीया माथि टी२० क्रिकेटमा सबैभन्दा धेरै रनको विश्व कीर्तिमान रेकर्ड आफ्नो नाममा बनायो । पहिले ब्याटिङ गरेको नेपालले मंगोलियाविरुद्ध बताएको ३ सय १४ रन नौलो रेहर्ड हो ।यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २ सय ७८ रनको सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको थियो ।

२, सर्वाधिक उच्च स्कोर जित
मंगोलीया माथि किर्तिमानी जित दर्ता गर्ने क्रममा नेपाली टोलीले २ सय ७३ रनको लामो स्कोरका साथ विश्व किर्तिमान हासिल गरेको छ । टि–२० क्रिर्केटको इतिहासमै नेपालले सार्वधिक उच्च स्कोरको जित हो । यसअघि सन् २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको जित हात पारेको थियो । त्यस्तै क्यानडाले सन् २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो ।

३, कुशलको शतकमा कीर्तिमान
नेपालका अलराउन्डर कुशल मल्लले टि–२० आईमा कम बलमा शतक पुरा गर्ने विश्व रेकर्ड आफ्नो नाममा गरेका छन् । ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेलेका कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक पुरा गर्नेमा साउथ अफ्रकाका डेविड मिलर ३५ बलमा विश्व रेकर्ड आफ्नो नाममा गरेका थिए । उनले बंगलादेश विरुद्ध उक्त सफलता हात पारेका थिए । त्यस्तै भारतका रोहित शर्मा र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गरेको इतिहास छ ।

४, दिपेन्द्रको अर्धशतकमा कीर्तिमान
नेपाली टोलीका भरपर्दा अर्का अलराउन्डर दिपेन्द्रसिंह एैरीले टि२० आईमा कम बलमा अर्धशतक पुरा गर्ने विश्व रेकर्ड आफ्नो नाममा लेखाएका छन् । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरे गरेका हुन् । १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहेकाथिए । उनी कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतीय ब्याटर युवराज सिंहले टि२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए ।

५, तेस्रो विकेटका लागि सार्वाधिक लामो साझेदारी
नेपाली खेलाडीले मंगोलीयामा माथि तेस्रो विकेटका लागि सर्वाधिक लामो साझेदारीको रहेकर्ड समेत आफ्नो नाममा लेखाएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले १ सय ९३ रनको साझेदारी इनिङ खेलेका हुन् । पौडेल र मल्लको शतकीय साझेदारी नै टी२० आईको सर्वाधिक लामो साझादारी हो । यसअघि न्युजिल्ण्डका डेभन कन्भेय र ग्लेन फिलिप्सका नाममा यो रेकर्ड रहेको थियो । फिलिप्स र कन्भेयलेवेष्ट इन्डिज विरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।

६, सर्वाधिक रन रेट
नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५ दशमलव ७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाउने क्रममा १३ दशमलव ९ को रन रेट कायम गरेको थियो ।

७, सर्वाधिक छक्का
नेपालको नाममा अर्काे रेकर्डमा सर्वाधिक छक्का रहेको छ । ३ सय १४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का प्रहार गरेका थिए । यसअघि यो रेकर्ड ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेर बनाएका थिए।

८, स्ट्राइक रेटमा ऐरीको कीर्तिमान
अलराउन्डर ऐरीको नाममा अर्काे नयाँ रेकर्ड पनि कायम भयो । उनले १० बलमा अविजित ५२ रन बनाउदा स्ट्राइक रेट ५२० दशमलव ०० रहृयो । यसअघि१३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध वेष्ट इण्डिजका डवेन स्मिथले मात्र ७ बलमा २९ रन जोड्दै ४१४ दशमलव २८ को स्ट्राइक रेटको कीर्तिमानी कायम गरेका थिए ।

समुह चरको एक खेल अगावै नेपालको क्वाटरफाइनल सम्भावन बलियो बनेपनि आइतबार माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने नेपाललाई एसियाडमा पदकको दाबेदार टोलीको रुपमा समेत हेरिएको छ । एसीयन्स गेम्सको पुरुष क्रिर्केट तर्फको उद्घान खेलमा मंगोलीया माथि कीर्तिमानी प्रदर्शन गरेको नेपाली टोलिले आगामी खेलमा कस्तो खेल कौशल देखाउलान ? खेली समर्थकले चासोका साथ प्रतिक्षा गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6