Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका लागि नेपालका राजदूत पोखरेललाई फिजीको समेत जिम्मेवारी

अष्ट्रेलियाका लागि नेपालका राजदूत पोखरेललाई फिजीको समेत जिम्मेवारी

सुभा राज्य भवनमा पुगेर बुझाए ओहोदाको प्रमाण पत्र


क्यनबेरा । अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत कैलाशराज पोखरेलले सेप्टेम्बर २७ बाट फिजीका लागि नेपालका गैरआवासीय राजदूत समेतको जिम्मेवारी सम्हाल्नुभएको छ । फिजिको सुभा राज्य भवनमा एक समारोहका बीच राष्ट्रपति रातु विलियम मैवाली काटोनिभेरेलाई आफ्नो ओहोदाको पत्र हस्तान्तरण गरेसँगै नयाँ कुटनीतिक जिम्मेबारी बहन गर्नुभएको हो ।

ओहोदाको पत्र हस्तान्तरण समारोहमा राजदूत पोखरेलाई गार्ड अफ अनरको सम्मान समेत प्रदान गरिएको थियो ।

सोही समारोहमा राष्ट्रपति क्याटोनिभरसँग पोखरेलले शिष्टाचार भेट समेत गर्नुभएको थियो । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले फिजीका राष्ट्रपतिलाई उहाँको व्यक्तिगत सुस्वास्थ्य र सुखका साथै फिजीका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामनासहित पठाएको पत्र समेत राजदूत पोखरेलले पढेर सुनाउनुभएको थियो ।

नेपाल र फिजीबीच सन् १९८६ जुन १२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फिजीबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्दपूर्ण रहदैआएको छ । फिजीका राष्ट्रपतिले आफ्नो नेपाल भ्रमण र पर्वतीय उडानको अनुभवलाई स्मरण गर्दै नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्नुभएको, पुनः नेपाल भ्रमण गरी सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने इच्छा व्यक्त गरेको क्यानबेरास्थित नेपाली राजदूतावासबाट जारी पत्रमा उल्लेख गरिएको छ ।

राजदूत पोखरेलले ओहोदाको पत्र हस्तान्तरण समारोहमा प्रधानन्यायाधीस, उपप्रधान तथा विभिन्न विभागीय मन्त्री, सांसदहरुसँग समेत शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा दुवै देशले आपसी सरोकारका विभिन्न विषयमा बहुपक्षीय फोरममा सहकार्य गर्न सक्ने आवाज उठेका थिए ।

गत जेठ १७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका लागि आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसका लागि आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि आवासीय राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूत नियुक्त गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6