Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअक्टोबर १५ बाट मेलवर्न युनाइट कप, कस्तो रहला नेपाली टिम ‘द हिमालय टाइगर्स’ को खेल ?

अक्टोबर १५ बाट मेलवर्न युनाइट कप, कस्तो रहला नेपाली टिम ‘द हिमालय टाइगर्स’ को खेल ?


ब्रिजबेन। अक्टोबर १५ बाट सुरु हुने मेलवर्न युनाइट कप २०२३ मा नेपाली खेलाडी रहेको टिम ‘द हिमालय टाइगर्स’ ले समेत सहभागिता जनाउने भएको छ । मेलबर्न चाइनिज सकर एशोसिएशन (एमसीएसए ) ले आयोजन गर्ने यो सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा एकमात्र नेपाली टिमका रुपमा द हिमालयन टाइगर्सको सहभागिता रहने क्लबका सचिव विमल गुरुङजे जानकारि दिनुभएको हो ।

अक्टोबर १५ बाट सुरु हुने प्रतियोगितामा २४ देशबाट २४ वटै टिमको सहभागिता रहनेछ । नेपाली टिम ‘द हिमालय टाइगर्स’ रहेको समूह बीमा चाइना, मलेसिया, कंगो, साउथ सुडान र इरेट्रिया युनाइटेड रहेका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले आफ्नो समूदायका युवाहरुलाई फुटबलमा समेत अब्बल बनाउन स्थापित गराएको मेलबर्नस्थित ‘द हिमालय टाइगर्स’ विगतमा भएका कमजोरी सुधार गरेर फाइनलमा पुग्ने लक्ष्यसहित ‘द हिमालय टाइगर्स’ मैदान उत्रिन लागेको क्लबका सचिव गुरुङजे जानकारि दिनुभएको छ ।

यसअघिका लिग टुनामेन्टमा समेत ‘द हिमालय टाइगर्स’ ले सहभागिता जनाउदै उत्कृष्ठ खेल कौशल प्रदर्शन गर्दैआएको छ ।

यो वर्ष नयाँ जर्सीसहित ‘द हिमालय टाइगर्स’ मैदान उत्रिने छ । क्लबको नयाँ जर्सी समेत केही दिन अघि सार्वजनिक भैसकेको छ । यो पटक नेपाली टिमले राम्रो तयारी गरेकाले उत्कृष्ठ खेल पस्कनेमा सिंगो क्लबको टिम आशावादी रहेको छ ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6