Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजापानका सफल व्यवसायी शेरचन एनआरएनए उपाध्यक्षको मैदानमा, यस्ता छन प्रतिबद्धता !

जापानका सफल व्यवसायी शेरचन एनआरएनए उपाध्यक्षको मैदानमा, यस्ता छन प्रतिबद्धता !


काठमाडौं । जापानका सफल व्यवसायी रविन शेरचन गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालको उपाध्यक्षको मैदानमा उत्रिनुभएको छ । “अपनत्व, विकास र सुदृढ पद्धतिका लागि रुपान्तरित एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउन उपाध्यक्षको उम्मेदवारका रुपमा मैदान उत्रिएको शेरचनले नेपालट्युबलाई जानकारि दिनुभएको हो ।

लामो समयदेखी जापानलाई कार्यक्षेत्र बनाउँदै आउनुभएका शेरचन नेपालीहरु समुदाय बीच सरल, सहयोगि र सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । साथि भाई, शुभचिन्तकसँगै एनआरएनए अभियानमा लागेका अगुवा, युवाहरुको आग्रहमा आईसिसी नेतृत्वको प्रतिस्पर्धाको मैदानमा उत्रिनुभएको हो । एनआरएनए अभियानमार्फत आफ्नो जन्म थलोको विकासमा थोरै भएपनि टेवा पुर्याउन, गैह्र आवासीय नेपालीहरुको एकता र साझा मञ्चका रुपमा सबल एनआरएनए बनाउन आफुले भुमिका खेल्ने शेरचनले बताउनुभएको छ ।

उपाध्यक्षको मैदानमा उत्रिएका रविन शेरचन को हुन त ?
सन् १९९८ मा उच्च शिक्षा अध्ययनको शिलशिलामा जापान प्रवेश गर्नुभएका शेरचन टोकियोमा रहेका नेपालीहरू माझ होटल तथा रेष्टुरेण्ट क्षेत्रका सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । दुई दशक भन्दा लामो समयको कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानी समाजमा चिरपरिचित सफल व्यवसायी बन्न सफल शेरचन निरन्तरको मेहनतले सफलता सम्भव हुने बताउनुहुन्छ । विगत दुई दशक यता जापानमा विभिन्न संघ, संस्था तथा कम्पनिहरूले आयोजना गर्ने विभिन्न संस्कृतीक कार्यक्रम सफल पार्न, नेपालमा हुने प्रकृतिक विपत्तीमा आर्थीक सहयोग गर्न, आपत विपदमा परेका नेपालीलाई आवश्यक सहयोग गर्ने प्रमुख सहयोगी दाताका रूपमा रहनुभएका शेरचन जापानबासी नेपाली समुदायका प्रिय हुनुहुन्छ । सहयोगको भावनाले आर्थिक जोहो गर्ने अनि दुरुपयोग गर्ने प्रबृत्ति तोड्नुपर्ने धारणा राख्ने शेरचन एनआरएनए संस्थाको छवि उँचो बनाउन समेत आफू चुनावी मौदानमा होमिएको बताउनुभएको छ ।

गैर आवासिय नेपाली संघ जापानको सल्लाहकार शेरचनले यसअघि मानार्थ सदस्यका रुपमा आफ्नो भुमिका निर्वाह गरिसक्नुभएको छ । अहिले आईसीसी सदस्यको भुमिकामा रहनुभएका शेरचन आईसिसी उपाध्यक्षमा उम्मेदवारी दिन धेरै देशका साथीहरुबाट अनुरोध आएपछि अघि सरेको बताउनुहुन्छ । नेपाल र जापानका विभिन्न व्यवसायमा लगानी गरिरहनुभएका सफल व्यवसायी शेरचनका जापानमा नेपाली, जापानीज, ईटालीयन एवंम ईन्टर कन्टीनेन्टल रेष्टुरेन्ट व्यवसाय सञ्चालित छन् । । शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवंम एक सय जापानी नागरिकले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6