Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसियाली खेलकुद- क्वाटरफाइनलमा नेपाल, हात पार्ला त नेपाली क्रिकेटले मेडल ?

एसियाली खेलकुद- क्वाटरफाइनलमा नेपाल, हात पार्ला त नेपाली क्रिकेटले मेडल ?


काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फको पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा माल्दिभ्समाथी शानदार जित सहित अन्तिम ८ मा पुगेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले क्वाटर फाईनमा पुग्न सफल भयो ।

यो जितसँगै नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तान जस्ता टेस्ट मान्यताप्राप्त बलिया टिमसँगको भेट निश्चित गरेको छ । यी टिम मध्ये एक टिमसँग नेपाललले क्वाटरफाइनल खेल्नेछ । नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल आउँदा टेस्ट क्रिकेटका हस्ती पाँच टिम भने सीधै क्वाटरफाइनल खेल्न लागेका हुन । एसियाली गेम्सको पुरुष क्रिकेटमा मंगोलियामाथी ८ विश्व रेकर्ड बनाएका नेपाली खेलाडीहरु माल्दिभ्सविरुद्ध समेत हावी भए ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट बन्यो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र रसिद रसमले नटआउट १२ रन, सिउस फरिदले १० रन बनाउने बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नै सकेनन । माल्दिभ्सका ६ खेलाडी शुन्य रनमा पोविलियन फर्किएको खेलमा नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गरे । ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएका बोहोराले टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको रेकर्ड समेत बनेका छन् । सन्दिपले समेत अन्तर्राष्ट्रि क्रिकेटमा २०० विकेटको कोसेढुंगा पुरा गरेका छन् ।  माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक\एक विकेट लिएका थिए । नेपाली ब्याट्समेनसामु माल्दिभ्सका बलर कमजोर देखिदा, नेपाली बलरले समेत माल्दिभ्सका ब्याट्समेनलाई आछ्छ्आच्छु बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रनको चुनौती प्रस्तुत गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्धतमा सर्वाधिक ५२ रन जोडे, पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने विश्व रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा नटआउट ४७ रनको योगदान दिए । कुशल भुर्तेल र गुलशन झाले समान ३५\३५ रन बनाउँदा विनोद भण्डारी १३ रनमा आउट भएका थिए । नेपालका अरु ब्याटरले भने दोहोरो रन बनाउन सकेनन् । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपालको पारी रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । यता, बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए भने नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक\एक विकेट हात पारे ।

अन्तिम ८ टोली छनौँट भएपनि सोमबार क्वाटरपाईनल समिकरणको ड्र मार्फत कुन खेल कहिले र कुन टिमसँग भन्ने टुंगो लाग्नेछ । नेपालले एसियाली खेलकुदमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तान जस्ता टेस्ट मान्यताप्राप्त बलिया टिमसँग उत्कृष्ठ प्रदर्शन गर्दै उपाधी जितेको हेर्न क्रिकेटर प्रेमिहरु आतुर भएर बसेका छन् ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6