Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसहकर्मी माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजिनामा !

सहकर्मी माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजिनामा !


काठमाडौं । सहकर्मी महिला हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिनुभएको छ । शनिबार राजीनामा बुझाएको भएपनि आइतबार गृहमन्त्रालउमा पठाएर राजीनामा स्विकृत भएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले नेपालट्युबलाई जानकारि दिनुभएको हो ।

पालमाथी सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समिति बनाएर कारबाही प्रक्रिया अघि बढाएको थियो । समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि राजीनामा मागिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न गएकी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको आरोप पालमाथी लागेको थियो । घटना बाहिर आएलगतै गृह मन्त्रालयले निलम्बन गरेर छानविन अघि बढाएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6