Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंबाट दमाम उडेको जहाज बिच बाटोबाटै फर्काइएको घटना, यस्तो छ वास्तविकता !

काठमाडौंबाट दमाम उडेको जहाज बिच बाटोबाटै फर्काइएको घटना, यस्तो छ वास्तविकता !


काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज गएराती काठमाडौं नै फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गएराति नेपाल एयरलाइन्सको आर ए ४१२ नम्बरको जहाज पाकिस्तानको सीमा नजिकबाट फर्काएर काठमाडौंमा अवतरण गराइएको हो ।

विमानस्थल कार्यालयले जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएपछि गएराति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरिएको जानकारि दिएको छ । पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको प्रवक्ता सुवास झाले जाकारि दिनुभयो । प्राविधिक कारणले फर्काइएका जहाजका यात्रुलाई नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पठाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6