Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा रहेका नेपाली समुदायमा खुसीको खबर, यसरी समाधान गरिदैछ नेपाली दूतावासमा फोन नउठ्ने समस्या

अष्ट्रेलियामा रहेका नेपाली समुदायमा खुसीको खबर, यसरी समाधान गरिदैछ नेपाली दूतावासमा फोन नउठ्ने समस्या

एनआरएनए न्यु साउथवेल्सको प्रशंसानिय काम !


ब्रिजबेन । क्यानबेरास्थित नेपाली राजदूतावासको फोन नउठेर हैरान भएका नेपालीहरुले अब राहतको शास फेर्न पाउने भएका छन । नेपाल सरकारले नभई एनआरएनए न्यु साउथवेल्सले एक जना फोन उठाउने कर्मचारी दूतावासमा राख्न पहल थालेसँगै फोन नउड्ने सास्तीबाट छुटकारा मिल्ने आशा गरिएको हो ।

एनआरएनए न्यु साउथवेल्स राज्य संयोजक बिनोद कुँबरले नेपाली राजदूतावासबाट आउने गुनासो सम्बोधनका लागि आफूहरुले कर्मचारी व्यवस्था गरेर सहयोग गर्न लागेको जानकारी दिनुभयो । पहिला तीन महिनाका लागि करारमा राखिने कर्मचारीको काम फोन उठाउने, राहदानीसम्बन्धी जानकारि उपलब्ध गराउने हुनेछ । नेपाल सरकारले कर्मचारी नपठाएको खण्डमा तीनमहिने करार थपेर २ वर्षसम्म लम्ब्याउने सकिने समेत एनआरएनए न्यु साउथ वेल्सले जनाएको छ । यी कर्मचारीको तलब सरकारी कोषबाट नभई एनआरएनए पदाधिकारीबाटै उपलब्ध गराइने बताइएको छ ।

क्यानबेरा आसपासमा फुल टाईम कामदारको खोजीमा रहेको र यस्तो काम गर्न योग्य नेपाली युवायुवती कोही हुनुहुन्छ भने एनआरएनए न्यु साउथवेल्स मार्फत दूतावासमा जोडिनसक्नुहुनेछ । एनआरएनए अभियन्ताहरुले दूतावासको समस्याको अस्थायी समाधान खोजेपनि पर्याप्त कर्मचारिको व्यवस्था गर्दै नेपाली समुदायलाई झञ्झटरहित सेवा दिन अहिलेदेखी नै गृहकार्य गर्नुपर्छ । नेपाली दूतावासको सेवामा बारम्बार प्रश्न उठ्ने होइन, वा क्या राम्रो भन्ने सुन्न र देख्न पाइयोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6