Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्र अब ‘प्रहरी सहायक हवलदार’!

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्र अब ‘प्रहरी सहायक हवलदार’!


काठमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाल फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि राम्रो खेलेको प्रतिक्रिया दिनुभएको छ । क्वाटरफइनलमा बलियो टोली भारतसंग २३ रनको सम्मानजनका हार ब्यहोर्दै मेडल जित्न असफल भएपनि नेपाली टोलीको खेलले चौतर्फी प्रशंशा पाएको थियो । समुहचरणका खेलमा मंगोलीयाविरुद्ध २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको नेपालले माल्दिसलाई १ सय ३८ रनले पराजित गरेको थियो । मंगोलीया विरुद्ध ८ विश्व रेकर्ड बारे यतिबेला विश्वभरी चर्चा भइरहेको छ ।

दीपेन्द्र अब ‘प्रहरी सहायक हवलदार’
नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले विश्वकीर्तिमानी क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीलाई सम्मानस्वरूप प्रहरी सहायक हवलदार पदमा पदोन्नति गर्ने निर्णय गर्नुभएको छ । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा ऐरीले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । स्वदेश फर्किने क्रममा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6