Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्र अब ‘प्रहरी सहायक हवलदार’!

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विश्वकीर्तिमानी क्रिकेटर दीपेन्द्र अब ‘प्रहरी सहायक हवलदार’!


काठमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाल फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि राम्रो खेलेको प्रतिक्रिया दिनुभएको छ । क्वाटरफइनलमा बलियो टोली भारतसंग २३ रनको सम्मानजनका हार ब्यहोर्दै मेडल जित्न असफल भएपनि नेपाली टोलीको खेलले चौतर्फी प्रशंशा पाएको थियो । समुहचरणका खेलमा मंगोलीयाविरुद्ध २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको नेपालले माल्दिसलाई १ सय ३८ रनले पराजित गरेको थियो । मंगोलीया विरुद्ध ८ विश्व रेकर्ड बारे यतिबेला विश्वभरी चर्चा भइरहेको छ ।

दीपेन्द्र अब ‘प्रहरी सहायक हवलदार’
नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले विश्वकीर्तिमानी क्रिकेटर तथा नेपाल प्रहरीका जवान दीपेन्द्रसिंह ऐरीलाई सम्मानस्वरूप प्रहरी सहायक हवलदार पदमा पदोन्नति गर्ने निर्णय गर्नुभएको छ । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा ऐरीले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गर्नुभएको थियो । स्वदेश फर्किने क्रममा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6