Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकस्ले जित्ला रियलिटी शो ‘एनआरएन द सिङगर’को उवाधी ? यी हुन उत्कृष्ट १० !

कस्ले जित्ला रियलिटी शो ‘एनआरएन द सिङगर’को उवाधी ? यी हुन उत्कृष्ट १० !


काठमाडौं । रियलिटी शो ‘एनआरएन द सिङगर’का १२ प्रतिस्पर्धीबाट सेमिफाइनमा पुग्ने उत्कृष्ट १० जनाको टुंगो लागेको छ । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय राखेर सञ्चालिन रियालिटी शोका प्रतिस्पर्धी मध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्यांकनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो ।

कार्यक्रम उत्पादक युनिटेकका सुरज राइ उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छान्न अनलाइन भोटिङ खुला भएको जानकारी दिनुभएको छ । झापा घर भई यूएई बस्ने ३६ वर्षीय भीम शेर्मा लिम्बू शिव परियारले गाएको ‘रित्तो रित्तो छु म’ भन्ने बोलको गीत प्रस्तुत गरेर उत्कष्ट १० मा छानिन सफल हुनुभएको छ । यस्तै, विक्रम गुरुङको शब्द तथा अरुण थापाको स्वरमा रहेको ‘आँखाको निद खोसिएला नि’ बोलको गीत प्रस्तुत गर्दै काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ, स्वरसम्राट नारायण गोपालको ‘सल्ला झैं आमा सुसाइ रहिन, अल्झेछ क्यारे पछ्यौरी’ बोलको गीत गाएर पोर्चुगल बस्ने दाङ घर भएका सुवास चन्द्र पुन मगर, मोरङ घर भै हाल कतारमा बसोबास गर्ने लोकेन्द्र दूधराज नारायण गोपालले गाएको ‘वीरताको चिनो’ बोलको गीत प्रस्तुत गरेर उत्कष्ट १० मा छानिनुभएको छ ।

नर्वे बस्ने चितवनका विष्णु क्षेत्रीले गुलाम अलिले गाएको ‘लोलाएका दुई ती तिम्रा ठुला नयन’ बोलको गजल प्रस्तुत गरेर, दक्षिण कोरिया बस्ने पाँचथरको प्रदीप कोयु राइले दीपेश किशोर भट्टराईको ‘मलाई माफ गरिदेउ मेरा लोभी नजर’ बोलको गीत प्रस्तुत गरेर, जर्मनी बस्ने काठमाडौंका केदार कार्कीले नारायण गोपालको गीत ‘आजै र राति के देखें सपनी मै मरी गएको’ गीत गाएर अन्तिम १० मा स्थान बनाउनुभएको छ । यता, काठमाडौं घर भई युके बस्ने १७ वर्षीया युक्ती बलामी, मोरङ घर भई यूएई बस्ने कृष्ण खवास र भोजपुर घर भई कतार बस्ने गुन मगर निशु समेत अन्तिम १० मा समेटिनुभएको छ ।

उत्कृष्ट ५ मा पर्नका लागि अक्टोबर ९ सम्म अनलाइन भोटिङ गर्नसकिनेछ । ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने पाँच जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने बताइएको छ । ग्रान्ड फिनालेमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि हात पार्नेछन् । उपाधि जित्नले नगद पाँच लाख प्राप्त गर्दा फस्ट रनरअपले दुई लाख र सेकेन्ड रनरअपले एक लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने आयोजकले जानकारि दिएको छ । एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल), शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन् ।

खल्ती एपबाट यसरी गर्न सकिन्छ भोट
आफूले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबै भन्दा पहिले खल्ति एप डाउनलोड गर्नु पर्ने छ । एप खोलेपछि इन्टरटेनमेन्ट सेक्सनमा ‘एनआरएन द सिंगर’ देखिने छ । त्यसपछि आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिनेछ ।

यही असोज २२ गते (अक्टोबर ९ मा) सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति मार्फत फिनालेका लागि उत्कृष्ट पाँच जनाको छनोट गरिने र फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने प्रवीण गुरुङले जानकारी दिनुभएको छ । एनआरएनएका सचिव गोविन्द प्रसाद गौतमलेप्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारि दिनुभएको छ । उहाँले झन्डै दुई वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6