Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsदर्ता भयो सुदुरपश्चिम समाज अष्ट्रेलिया

दर्ता भयो सुदुरपश्चिम समाज अष्ट्रेलिया


सिड्नी
नेपालको सुदुरपश्चिम भेगबाट अष्ट्रेलिया आएका नेपालीलाई एकजुट गर्ने उदेश्यले सुदुरपश्चिम समाज अष्ट्रेलिया गठन भएको छ । हालै सुदुरपश्चिम भेगबाट आएका युवाहरुको सिड्नीमा भएको भेलाले समाज दर्ता गरेको हो । भेलाकै निर्णय अनुसार एसिकमा समाजलाई दर्ता गरिएको हो ।

भेलाले मोहन भट्टको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । भेलाले यथासक्य निर्वाचन गराई नयाँ नेतृत्व चयन गर्न, अष्ट्रेलियामा छरिएर रहेका सुदुरपश्चिम भेगसंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्न तथा सदस्यता वितरणलाई चुस्त बनाउन तदर्थ समितिलाई जिम्मा दिएको छ । 

सुदुर पश्चिम समाज अष्ट्रेलिया यसअघि देखि नै अस्तित्वमा भएपनि आधिकारिक रुपमा भने दर्ता भएको थिएन । विभिन्न समाजिक कार्य गर्नका लागि सहज होस् भनेर आधिकारिक रुपमै दर्ता गरिएको संयोजक भट्टले जानकारी दिनुभयो ।
“सुदुर पश्चिम समाजका नेतृत्वलाई हामीले पटक पटक आग्रह गरेपनि संस्था दर्ता गर्ने कुनै छाटकाट देखिएन”- संयोजक भट्टले गुनासो गर्नुभयो -“अष्ट्रेलिया जस्तो विधीको शासन भएको देशमा दर्ता नै नगरी संस्था चलाउदा अप्ठ्यारो पर्न सक्ने देखेर हामीले यस्तो निर्णय गरेका हौ ।”
आफ्नो नेतृत्वमा दर्ता गरेपनि पुरानो समाजका नेतृत्वसंग सहकार्य गरेर अघि बढ्न कुनै कसर बाकी नराख्ने भट्टको दाबी छ ।
सुदुरपश्चिम एकता समाज र सुदुरपश्चिम युवा समाजले नयाँ समाजसंग एकिकरण गरिसकेको भट्टले जानकारी दिनुभयो ।
सुदुरपश्चिम समाज अष्ट्रेलियाको पहिलो भेलाले बेरोजगार ५ जना नेपाली विद्यार्थीलाई डेलिभरीको काम गर्नका लागि साइकल दिने तथा नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

यस्तो छ तदर्थ समिति
१ मोहन भट्ट
२ गोबिन्द पाण्डे
३ प्रेम महरा
४ पुष्करराज भट्ट
५ उद्धव विष्ट
६ सुनिल विष्ट
७ सतिश जोशी
८ प्रेम धामी
९ पवन जोशी
१० दीपकराज पाण्डे
११ सावित्री राज्यलक्ष्मी शाह
१२ बसन्ति विष्ट
१३ सागर ओली



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6