Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल सरकार नै घाटामा, चालू आवको तीन महिनामै ४६ अर्ब ऋण !

नेपाल सरकार नै घाटामा, चालू आवको तीन महिनामै ४६ अर्ब ऋण !


काठमाडौं । आम्दानीभन्दा खर्च धेरै हुँदा संघीय सरकार नै घाटामा गएको छ । महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक साउनदेखि असोजमा सरकारी खाता ४५ अर्ब ९४ करोड रुपैयाँले घाटामा पुगेको हो।

साउन–असोजमा सरकारले राजस्व, अनुदान आदि मार्फत दुई खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो। यस अवधिमा सरकारको खर्च भने दुई खर्ब ८० अर्ब ५७ करोड भइसकेको छ। यसले सरकारको आम्दानीभन्दा निकै ठूलो परिमाणमा खर्च गरिरहेको देखिएको छ। खर्च बढी भएपछि सरकारले ऋण काढेर रकम व्यवस्थापन गरिरहेको छ । दशैंका लागि कर्मचारीलाई भत्ताको व्यवस्था गर्नुपरेको तथा सामाजिक सुरक्षा भत्ता र पेन्सन रकमको दायित्व बढेकाले असोजमा खर्च धेरै देखिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

दशैं भत्ता सहितका कारणबाट खर्चको चाप परेपछि सरकारले ऋण उठाएर खर्च व्यवस्थापन गरिरहेको छ । असोजमा मात्रै ५३ अर्ब पाँच करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ। खर्च अनुसार आम्दानी नभएपछि सरकारले ऋण काढ्दै रकमको जोहो गरिरहेको देखिएको छ। पहिलो तीन महीनामा मात्रै सरकारले ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ। खर्चमध्ये अधिकांश तलबभत्ता, अनुदान सहितका नियमित काममा जाने चालू प्रकृतिका खर्च छन्। महालेखाका अनुसार चालू खर्च दुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ भएको छ। यसको अर्थ सरकारले उठाएको राजस्व रकम चालू खर्चका लागि मात्रै ठिक्क भएको छ।

विकास लक्षित पूँजीगत खर्च १७ अर्ब ९३ करोड रुपैयाँ भएको छ। यो वार्षिक लक्ष्यको ५.९ प्रतिशतमा सिमित देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले ऋण काढेर चलिरहेको अवस्था छ ।  यो कहिलेसम्म रहन्छ अहिले नै आँकलन गर्नसक्ने अवस्था देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6