Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अध्यक्षमा डा केसी विजयी, यी हुन अष्ट्रेलियाबाट चुनाव जित्नेहरू

एनआरएनए अध्यक्षमा डा केसी विजयी, यी हुन अष्ट्रेलियाबाट चुनाव जित्नेहरू


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचिनमार्फत केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै नेतृत्व हात पार्नुभएको हो ।

केसीले एक हजार ३७८ मत पाएर जित हातपार्दा निकटतम प्रतिस्पर्धि शर्माले एक हजार २८१ मत र अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पाउनुभएको निर्वाचन समितिले जानकारी दिएको छ। एनआरएनएको ६ उपाध्यक्षमा डा हेम राज शर्मा २ हजार २६५, रोविन शेरचन २ हजार १८०, रामशरण सिमखडा १ हजार ५५२, खगेन्द्र न्यौपाने १ हजार ३५७, राज रेग्मी १ हजार ९०० र डा विनोद श्रेष्ठ १ हजार ५६० मत ल्याएर विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा रोजिना प्रधानले १ हजार ९४७ ल्याएर जित हात पार्दा यसमिन वेगम सैयदलाई पराजित हुनुभएको छ । यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २हजार ४६८ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी हुँदा। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदी १ हजार ८१८ मत प्राप्त गरि पराजित हुनुभएको छ । यस्तै उपमहासचिवमा सोम सापकोटा १ हजार ७९० र प्रविन गुरुङ २ हजार १५० मतका साथ विजयी हुनुभएको छ । ६ सचिव पदमा भिम केसी कमल १ हजार ६७३, डा ज्ञानेन्द्र रेग्मी १ हजार ७८२, मनोज कुमार श्रेष्ठ २ हजार २४, डा नवराज रोस्यारा १ हजार ८५३, पारमणी पोखरेल १ हजार ६५१ र स्वतन्त्र प्रताप शाह १ हजार ६६६ मतका साथ विजयी हुनुभएको छ । यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका २ हजार ३२०विजयी हुँदा प्रतिस्पर्धी विमला सापकोटा पराजित हुनुभएको छ । संघको कोषाध्यक्षमा सुदन थापाले १ हजार ९१७ मत प्राप्त गरेर विजयी हुँदा प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगाना १हजार ९१२ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना २हजार १५, अभिमन्यू बस्नेत २हजार ८१ र तिलक प्रसाद गैरे २ हजार २३२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । महिला सहकोषाध्यक्षमा अमृत थापाले २ हजार २८७ मत प्राप्त गरेर विजयी बन्नुभएको छ । अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २ हजार ३३६ मत प्राप्त गरेर विजयी हुँदा युवा संयोजकमा सुपेन्द्र घिसिङ २० हजार ३६ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

अष्ट्रेलियाबाट विजयी हुनेहरु यी हुन
अष्ट्रेलियालाई कर्मथलो बनाएर एनआरएनए अभियानमा सक्रिय डा विनोद श्रेष्ठ उपाध्यक्षमा विजयी हुँदा सचिवमा स्वतन्त्र प्रताप शाह र डा ज्ञानेन्द्र रेग्मीले बाजि मार्नुभएको छ । यस्तै, क्षेत्रीय संयोजक ओसियानामा दिनेश पोखरेल,क्षेत्रीय उपसंयोजक ओसियाना मा अरुण कुमार ठाकुर,गोकुल प्रसाद घिमिरे, कोमलराज पाठक निर्विरोध निर्वाचित हुनुभएको छ । क्षेत्रीय महिला संयोजक ओसियनामा रेनुका लामा र युवा संयोजक ओसियानामा सुर्य आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

काठमाडौंको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलनमा ५९ देशका ४ हजार २ सयजनाले मतदान गर्न पाउने भएपनि ३ हजार ७९१ मत खसेको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6