Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकास्कीको माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने,यस्तो छ नयाँ नियम

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने,यस्तो छ नयाँ नियम


काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा अब शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने निर्णय सार्वजनिक गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जारी गरेको विज्ञप्तिमा गाउँपालिका प्रवेश गर्ने स्वदेशी पर्यटकका लागि १०० र विदेशी पर्यटका लागि ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने उल्लेख छ । गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका काम गर्न पर्यटन सेवा शुल्क लिन लागेको बताइएको छ ।

‘पर्यटकहरुको सुविधालाई ध्यानमा राखी गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका सुविधाहरु निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गाउँ सभाको निर्णयानुसार पर्यटन सेवा शुल्क लिने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6