Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ठूलो जनधनको क्षति, उद्धार जारी

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ठूलो जनधनको क्षति, उद्धार जारी

अहिलेसम्मको विवरण अनुसार १ सय ५ जनाको मृत्यु !


जाजरकोट,काठमाडौं । शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा मात्रै १०० बढीको मृत्यु भएको छ। रुकुम पश्चिममा भूकम्पको क्षति ठूलो भएको आँकलन छ । भूकम्प गएको र उद्धार जारी भएकाले यो संख्या बढ्ने आँकलन गरिएको छ ।

यतिबेला सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिसँगै स्थानीयले उद्धार गरिरहेका छन् । निक्कै धेरै घर र भौतिक संरचना ढलेका कारण मानवीय क्षति नै ठूलो भएको आशंका गरिदै छ । जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ।उपमेयर सिंहको सदरमुकाम खल‌गामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटमा मात्रै उपमेयरसहित २२ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । भूकम्पका कारण सयौं घाइते भएका छन्। जिल्ला क्षेत्रका अस्पताल घाइतेले भरिभराउ छन् ।

भुकम्पबाट जाजरकोट र रुकुममा ठूलो धनजनको क्षति भएको आँकलनसहित अहिले उद्धार जारी छ । राहत र उद्धारका लागि काठमाडौंबाट स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्रीसहित स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको पहलमा हेलिकप्टर पठाईएको छ । घाइतेको उपचारका लागि काठमाडौंका अस्पताललाई समेत अलर्ट अवस्थामा राख्न मन्त्री बस्नेतले निर्देशन दिनुभएको छ ।

पहाडी क्षेत्रका कतिपय स्थानमा भौगोलिक कारण उद्धारमा कठिनाइ भएको छ भने, भत्किएका संरचनासम्म पुग्न सकिएको छैन । क्षतिको बिवरण आउनेक्रम जारी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6