Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalजाजरकोट भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते !

जाजरकोट भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते !


काठमाडौं । शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १३३ जनाको मृत्युको पुष्टि भएको छ। मध्यराति भूकम्प गएको र उद्धार जारी भएकाले यो संख्या थप बढ्ने आँकलन गरिएको छ ।

यतिबेला सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिसँगै स्थानीयले प्रभावित क्षेत्रमा पुगेर उद्धार गरिरहेका छन् । निक्कै धेरै घर र भौतिक संरचना ढलेका छन । धेरै चिराफारा भएका छन् । जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको समेत भूकम्पमा परेर मृत्यु भएको छ। भूकम्पका कारण जाजरकोटमा मात्रै ९५ जनाको मृत्यु हुँदा ५५ जना घाइते भएका छन्। रुकुम पश्चिममा ३८ को ज्यान जादा ८५ जना घाइते भएका छन । जिल्ला क्षेत्रका अस्पताल घाइतेले भरिभराउ छन् । भुकम्पबाट जाजरकोट र रुकुममा ठूलो धनजनको क्षति भएको आँकलनसहित अहिले उद्धार जारी छ ।

राहत र उद्धारका लागि काठमाडौंबाट स्वास्थ्यकर्मी,स्वास्थ्य सामाग्रीसहितको टोली घटनास्थल पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत भूकम्प प्रभावित क्षेत्रमै पुग्नुभएको छ । उद्धार, राहत र उपचारमा सिंगो राज्यलाई एकजुट बन्न आह्वान गरिएको छ । प्रादेशिक क्षेत्रबाट समेत सहयोग घोषण भैरहेका छन् ।

अझै पहाडी क्षेत्रका कतिपय स्थानमा भौगोलिक कारण उद्धारमा कठिनाइ भएको छ भने, भत्किएका संरचनासम्म पुग्न सकिएको छैन । क्षतिको बिवरण आउनेक्रम जारी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6