Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभूकम्पमा एकजुट नेपाली, एनआरएनएको १० लाख सहयोग,अरु कस्को कति?

भूकम्पमा एकजुट नेपाली, एनआरएनएको १० लाख सहयोग,अरु कस्को कति?


काठमाडौं । जाजरकोटमा गएको भूकम्पले जाजरकोटसँगै रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएसँगै देश विदेशमा रहेका नेपाली एकजुट भएर मानवीय सहायतामा जुटेका छन । नजिकै रहेकाहरु, सुरक्षा निकायसँग सँगै सरकारी संयन्त्र उद्धार र राहतमा जुट्दा प्रदेश सरकार, राजनीति दल र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) समेत यो विपत्तिमा एक ठाउमा उभिएर सहयोगी बनेको छ ।

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले तत्काल १० लाख सहयोगको घोषणा गर्नुभएको छ । अन्य आवश्यक सहयोगका लागि अष्ट्रेलियासहित विश्वभरका नेपालीहरु तम्तयार रहनुभएको छ ।

आइतबार हुने नेपाल र ओमानबिचको फाईनल खेलको टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम भुकम्प पिडितलाई दिने नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको छ ।

यस्तै, बागमती प्रदेश सरकारले ले १ करोड ५० लाख सहायता दिने निर्णय गरेको छ । सत्तारूढ दल नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितलाई ५० लाख दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि २५ चिकित्सक पठाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6