Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलियाविरुद्ध मुद्दा दायर

एनआरएनए अष्ट्रेलियाविरुद्ध मुद्दा दायर


मेलवर्न
सदस्यको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै गैर आवासिय नेपाली संघ अष्ट्रेलियाविरुद्ध अष्ट्रेलियाको उच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
त्यस्तै मुद्दामा फर्जि सदस्यता वितरण गरेको, संस्थाको विधान विपरित निर्वाचन गराएको, र राजनीतिक आस्थाको आधारमा प्यानल बनाएर चुनाव लडेको समेत आरोप लगाइएको छ ।
चुनाव हुनु अघिदेखि नै निर्वाचन प्रकृया, सदस्यता वितरण तथा व्यक्तिगत विवरणको दुरुपयोगको छानविनको माग राख्दै आएको समुहले नै भिक्टोरिया राज्यको उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । ३२ जना सदस्यहरुको तर्फबाट कानुन व्यवसायीले गत अगष्ट ९ तारिखमा मुद्दा दर्ता गरेका हुन् । 

एनआरएनए अष्ट्रेलियाको मतदाता विवरण छानबिनको माग गर्दै अनलाईन हस्ताक्षर सुरु ।

मुद्दा दर्ता गर्नु अघि गत अगष्ट ६ तारिखमा यी सदस्यहरुको तर्फबाट वकिलले एनआरएनए अष्ट्रेलियालाई लेटर अफ डिमान्ड पठाएको थियो । चिठ्ठीमा मागिएको जवाफ नआएपछि मुद्दा दर्ता गर्नु परेको एक सदस्यले बताए ।
पटक पटक निश्पक्ष छानविनको माग राख्दा पनि सुनुवाइ नभएपछि अदालतसम्म जानु परेको एक सदस्य गणेशराज गौतमले बताउनुभयो ।

अदालतले १० दिनभित्र उपस्थित हुन एनआरएनए अष्ट्रेलियालाई निर्देशन दिएको छ । व्यक्तिगत विवरण दुरुपयोग गरेको प्रमाणित भए ठुलो रकम जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

एनआरएनए अष्ट्रेलियाले सदस्यको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै वकिलले माग्यो जवाफ ।

तर मुद्दा बारे हालसम्म आधिकारिक रुपमा कुनै जानकारी नभएको नवनियुक्त अध्यक्ष केशव कडेलले बताउनुभयो ।
यस अघि एनआरएनए अष्ट्रेलियाको निर्वाचन आयोगले चुनावमा बद्नियतपुर्वक कुनै पनि गल्ती नभएको स्पष्ट पारिसकेको छ ।

गत जुलाई ६ मा एनआरएनए अष्ट्रेलियाको नया नेतृत्वका लागि चुनाव भएको थियो । असन्तुष्ट पक्षले निर्वाचन खारेजको माग राखेपनि एनआरएनले गत अगष्ट १० तारिखमा साधारण सभा गरेर नया कार्यसमितिलाई कार्यभार सुम्पिसकेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6